किस्पाङको सेवा सुचारु

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
नुवाकाेट

करिब एक हप्तादेखि बन्द रहेको किस्पाङ गाउँपालिकाको सेवा सोमबारबाट पुनः सुचारु भएको छ ।

गाउँपालिकाको कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि गाउँपालिकाको सबै सेवा बन्द गरिएको थियो । उनीहरुसँगको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरी पीसिआर परीक्षण गरिरहेकाले सेवा बन्द गरिएको अध्यक्ष छत्रवहादुर लामाले जानकारी दिए ।
कोभिड १९ को सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरी बन्द गरिएका सम्पूर्ण कामकाज सोमवारबाट पुनः सूचारु गरिएको अधक्ष लामाले वताए ।

प्रमुख प्रशासकिय अधिकृत सहित ४ जना कर्मचारीमा कोरोना पुष्टि भएको थियो । असोज २५ गतेदेखि गाउँपालिकाका कामकाज बन्द गरिएको थियो ।

तपाईको प्रतिक्रिया