सन्जोकलाई मौलिक संगीतमा सफलतै सफलता

सविन घिसिङ संवाददाता
काठमाडाैं

हिजोआजको प्राय नेपाली गीतहरु खहरे खोलाझै उर्लेर आउँछ, केही दिनमै चर्चा भएर सेलाएर जान्छ त्यसैले त कलाकारहरु आफ्नो गीत देखाउन दर्शक किन्नेमा होडबाजी गर्छन् । बुष्ट भन्ने शब्दले गाँजेको मानसिकताले सिर्जनामा राम्रै फितलोपन आएको देखिन्छ ।
यसैबीच आधुनिकतालाई सम्मान गर्दै मौलिकतालाई जोड दिने गायक संगीतकार हुन् सन्जोक योन्जन । जसलाई मौलिक सिर्जनाले नै सफलता दिलाएको छ ।

सन् २००१ बाट औपचारिक रुपमै संगीत सिर्जनामा लागेको उनले हालसम्म ५ वटा गीति एल्बम र १०० हाराहारीमा गीत रेकर्ड गराइसकेका छन् । त्यही सिर्जनाहरु मनपराई आम स्रोतादर्शकहरुले उनलाई तामाङ मौलिक स्रष्टाको रुपमा पनि चिन्छन्। यद्यपि उनले लोक, पप, आधुनिक गरि धेरै बिधाका गीतहरु गाइसकेका छन् ।


उनले मौलिक संगीत सिर्जाना गर्ने क्रममा गत बर्ष लालबहादुर योन्जनको शब्दमा, पवन वाङ लामाको संगीत संयोजन र बबिता पाख्रिनको साथमा उनको आफ्नै संगीत तथा स्वर रहेको तामाङ फापरे गीत ‘तरुनी देख्दा मन चमचम’ दर्शक तथा स्रोताहरुले अत्याधिक मनपराई दिएका छन् । यति छोटो समयमा अर्गानिक भ्युज मार्फत लगभग ५ लाख हाराहारीले हेरिसकेका छन। यसलाई तामाङ मौलिक गीतहरुमा सफल गीत मान्न सकिन्छ। म्युजिक भिडियोमा सिन्धुपाल्चोकको हेलम्बु आसपासका सुन्दर दृश्य हेर्न पाइन्छ।

नवीन घर्ती मगरको सम्पादन, शम्भु चालिसेको छायांकन र बाबू राजा के सी उज्ज्वलको निर्देशन रहेको छ। भिडियोमा प्रेम लोप्चन, सन्जोक योन्जन, मिस तामाङ पोखरा दीप्ती गोम्जा, अञ्जली घिसिङ, युद्ध लामा, दोर्जे ग्याबा, अर्जुन स्याङ्तान, सुस्मा मोक्तान, अप्सरा मोक्तान, माया थिङ, डोल्मा शेर्पा, स्वस्थानी थिङ, सरिता स्याङ्तानले उत्कृष्ट अभिनय गरेका छन् ।

गायक तथा संगीतकार योन्जन विभिन्न अवार्ड तथा सम्मानद्वारा सम्मानित कलाकार हुन् । उनीद्वारा सिर्जित दर्जनौं गीतहरु बजारमा सफलशिद्ध भइसकेकाछन्।

तपाईको प्रतिक्रिया

Google Ads

पत्रपत्रिका