पिएनसीसीको हेल्प डेस्क शुक्रबार दमाममा

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया
फोटो : फाइल

प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) साउदी अरेबियाले हेल्प डेस्कको संचालन गर्ने भएको छ । दमामस्थित अल खयाम रेस्टुरेन्टमा अक्टोबर २३ तारीख शुक्रबार कार्यक्रमको आयोजना गर्न लागिएको समितिका विदेश संयोजक नारायण पासवानले जानकारी दिए ।


संयोजक पासवानका अनुसार हेल्प डेक्समा दूतावास र यहाँ कार्यरत नेपालीहरुको लागि संचालन गर्न लागिएका हुन् । डेस्कमा कोरोना महामारीका समस्या झेलिरहेका र दूतावाससम्म ओहोरदोहोर गर्न गार्हो हुनेहरूलाई पहिलो प्राथमिकतामा राख्ने संयोजक पासवानले बताए । दूतावासले प्रदान गर्ने सेवा सुविधा सेवाग्राहीले स्थानिय स्तरबाटनै सदुपयोग गर्न पाइयोस् भन्ने आसयले हेल्प डेस्कको आयोजना गर्न लागेको संयोजक पासवानको भनाइ छ ।

अपराह्न १२ बजेदेखि संचालन हुने डेस्कमा समस्या राख्न पासपोर्ट, इकाम इकामा लगायतका कागजात लिएर आउनुपर्ने आयोजकले जानकारी दिए । आयोजकद्वारा जारी विज्ञप्तिमा डेस्कमा उपस्तिथि हुनेहरूले मास्क र सामाजिक दूरी लगायत कोरोनालाई परास्त गर्ने बिधि अपनाउनुपर्ने जनाइएको छ ।

यसअघि समितिले साउदीको अल कासिम र जुवेल शहरमा हेल्प डेस्क संचालन गरिसकेका छन् । भने झन्डै तीन लाखको हाराहारीमा नेपालीहरु रहेको साउदीमा एक लाखभन्दा धेरै दमाम आसपासमा रहेको विभिन्न संघसंस्था र दूतावासले बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

Google Ads

पत्रपत्रिका