बागमती प्रदेश सरकारद्वारा कोरोना सङ्क्रमितको निशुल्क उपचार

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

बागमती प्रदेश सरकारले कोरोना सङ्क्रमितको उपचार निशुल्क गरिरहेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले प्रदेश सरकार मातहतका सबै अस्पतालमा कोभिड–१९ को निःशुल्क उपचार भइरहेको जनाएको हो ।

मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालका अनुसार प्रदेशका आठ वटा अस्पताल र त्यहाँबाट सञ्चालित आइसोलेसनमा कोरोना संक्रमितको निःशुल्क उपचार भइरहेको जानकारी दिए ।

प्रदेश सरकारको मातहतका मकवानपुरको हेटौंडा अस्पताल, सिन्धुलीको जिल्ला अस्पताल, रामेछापको जिल्ला अस्पताल, धादिङको जिल्ला अस्पताल, रसुवाको जिल्ला अस्पताल, भक्तपुरको जिल्ला अस्पताल, नुवाकोटको जिल्ला अस्पताल र सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा यी सेवा उपलब्ध छन् ।

तपाईको प्रतिक्रिया

Google Ads

पत्रपत्रिका