बीर बिक्रम -२ को कलाकारहरुलाई तामाङ समाज जापान नागोयाको सम्मान

एलिसा रसाइली
एलिसा रसाइली
49 Shares
जापान

हाल जापान भ्रमणमा रहेका चलचित्र बीर बिक्रम -२ को कलाकारहरुलाई नेपाल तामाङ समाज जापान ,नागोयाले सम्मान गरेको छ ।

नागोया स्थित जापानीज रेष्ट्रुरेन्टमा चलचित्रका नायक पल शाह, नायिका वर्षा शिवाकोटी, बुद्धी तामाङ, क्षितिज सुबेदी ‘कागे डन’, चलचित्रका निर्देशक मिलन चाम्स र निर्माता अर्पण सापकोटालाई नेपाल तामाङ समाज जापान ,नागोयाको अध्यक्ष सन्जय तामाङले खादा र सम्मान पत्र प्रदान गरि सम्मान गरेको थियो । उक्त सम्मान कार्यक्रममा तामाङ समाज जापान ,नागोयाको सबै सदस्यहरुको उपस्थिति रहेको थियो ।

नेपालमा ब्यबसायिक रुपमा सफल उक्त चलचित्र नागोया लगायत जापानको १२ शहरहरुमा ग्रान्ड प्रिमिएर हुदै छ । यतिखेर जापानको तेश्रो ठुलो नागोया शहरमा ग्रान्ड प्रिमिएर भैरहेको छ । चलचित्रको नागोयामा भने २ शो हुने छ, जसमा पहिलो शो हिजो आइतबार सम्पन्न भैसकेको छ । चलचित्रको दोश्रो शो आउदो ३१ तारिक पहिलो शो सम्पन्न भएको हलमै दिउसो २ बजे देखि सुरु हुदै छ । चलचित्र संगै चलचित्रका प्रमुख कलाकारहरु नायक पल शाह, नायिका वर्षा शिवाकोटी, बुद्धी तामाङ, क्षितिज सुबेदी ‘कागे डन’, र चलचित्रका निर्देशक मिलन चाम्स समेत यतिखेर जापानको नागोयामा छन् । पहिलो पटक एकै चलचित्रका ४ जना कलाकारहरुसँगै बसेर नागोयाबासि नेपाली दर्शकहरुले चलचित्र हेर्न पाउदा सबै जना खुशी भएका छन् । साथै पहिलो शो हेर्न छुट्टिनु भएका दर्शकहरुलाई दोश्रो शोमा चलचित्र हेर्न आउनको लागि सबै कलाकारहरुले आग्रह समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका