हरिवनमा रहेको मालपोत कार्यालयमा अनलाइन प्रबिधिबाट काम सुरु भएको छ । हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईले शुक्बार अनलाइन प्रबिधिको शुभारम्भ गरेको हो।
नगरप्रमुख प्रसाईले नापी, मालपोत र भुमिसुधारमा अहिलेसम्मकै सर्लाहीको अनलाइन प्रविधि यो नै भएको बताए । अब यसबाट अबैधानिक किर्ते कामहरु नहुने बताए । लाभ कर लगायतका कुनै पनि सरकारी राजस्वहरु छल्न नसकिने उनको भनर्इ छ ।
मालपोतका प्रमुख अम्बिका नेपालको अध्यक्षता र ईलाका प्रशासन कार्यालय हरिवनका प्रमुख दिपक आचार्य र नापी कार्यालय हरिवनका प्रमुख लगायत अगुवा पत्रकारहरु र समाजका अगुवा ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।