जुअन्ना मार्बानिआङलाई प्रेमपत्र

काठमाडाैं

एक

मेरा हर कवितालाई
तिमीले
‘जेनकविता’ भन्ने गर्थ्याै

कतै
तिमी बौद्धमार्गी भएर त होइनौ,
जुअन्ना ?

दुई

तिमी
मेरो कविता सुन्न कति व्यग्र थियौ
भन्ने कुरा-
मैले तिम्रै आँखामा हेरेर
थाहा पाइसकेको थिएँ,
जुअन्ना !

तीन

यी सब भनिरहनु पर्छ र,
जुअन्ना ?

तिमीलाई भेटेपछि मैले
स्वर्गीय आनन्द महसुस गरेँ !

तपाईको प्रतिक्रिया

Google Ads

पत्रपत्रिका