जनैपूणिमा अवधिभर लाङटाङ राष्ट्रिय निकुञ्जले शुल्क नलिने भएको छ । निकुञ्जको प्रमुख संरक्षण अधिकृत सुष्मा रानाका अनुसार मेला अवधिभर निशुल्क गरिएको छ । उनले भनिन्, ‘कति गतेदेखि निशुल्क हुने त्यो भने केही दिनमा मिति तोकिने छ ।’
गत असोज २९ गतेबाट जिल्ला बाहिरबाट आउने पर्यटकलाई शुल्क लिएर मात्र प्रवेश दिइन्थ्यो । गत असोज २९ देखि असार मसान्तसम्म ५ हजार ५ सय ५९ नेपाली निकुञ्ज प्रवेश गरेको छ ।
निकुञ्ज भित्र घुम्न आउने आन्तरिक पर्यटकले १ सय रूपैयाँ र भरियाले २५ रूपैया शुल्क तोकिएको छ ।