पत्रकार लुकमान अन्सारीलाई अन्तरराष्ट्रिय पत्रकार संगठनको सदस्यतामा मनोनित गरिएको छ । अन्सारीले सुनसरी जिल्लालाई केन्द्रविन्दु वनाएर करिव एक दशकदेखि पत्रकारिता क्षेत्रमा जनतालाई सुचना र सुशासनका न्यायको मार्गदशक रुपमा काम गर्दे आएका छन् ।
यूनाइटेड नेशन जर्नलिस्ट इन्टर गभर्मेन्ट आर्गनाइजेशनका प्रिसिडेन्ट गैंड मास्टर डा. जसबीर सिंहले अन्सारीलाई संगठनमा मनोनित गरिएको हो । यस संगठनले विश्वका सम्पूर्ण पत्रकारहरुका हकहित र न्यायको पक्षमा काम गर्ने र पत्रकार मित्रहरुलाई संरक्षण गर्ने गरि यो संगठन गठन गरिएको संगठनको संस्थापक सिंहले वताए । संगठनको मुख्य कार्यालय अमेरिकामा रहने र विश्वका हरेक राष्ट्रमा शाखा कार्यालय रहने गरि पत्रकारहरुको हितमा काम गर्ने डा. सिंहले वताए ।
अन्सारी पत्रकारितावाट विभिन्न सामाजिक, राजनैतिक, विभेद, छुवाछुत, कुप्रथा, न्यायको लागि हरपल पहलको रुपमा कलम चलाउने भएकोले अन्तराष्ट्रिय पत्रकार संगठनको सदस्यतामा मनोनित गरिएको हो । अन्सारी सुनसरी जिल्लाका रामनगर भुटाहा ग्रामीण क्षेत्रबाट पत्रकारिता क्षेत्रमा काम गर्दै आएको र यता करिव पाँच वर्ष देखि सुनसरी जिल्लाका इनरुवा क्षेत्रलाई लिएर विभिन्न पत्रपत्रिका, अनलाइन, रेडियोमा काम गरि जनतालाई सुचनाको हक सुतिच गराई हाल इनरुवावाट प्रकाशित हुने भूकम्प पत्रिकाको प्रकाशक र सम्पादकको रुपमा काम गर्दै आएको छ ।
उनले पत्रकारिता क्षेत्रमा सानैदेखि भित्ते पत्रिका, हस्तलेख पत्रिका, धनकुटाबाट प्रकाशित हुने तेश्रो आवाज साहित्य पत्रिकाबाट आफनो पत्रकारिता करिअरलाई अगाडी वढाउँदै हाल संयुक्त राष्ट्र पत्रकार संगठनमा नेपालवाट सदस्यता लिन सफल भएको हो ।