तामाङ समाज ख्यङ्साङ बुसानद्वारा सहयोग हस्तान्तरण

अमिर योञ्जन
अमिर योञ्जन संवाददाता
सोल, दक्षिण कोरिया

लागु औषध दुव्र्यसन विरुद्ध निरन्तर रुपमा लागिरहेको निजगढ–८ मा अवस्थित निता फाउन्डेसन अन्तर्गत मुक्ति पुनस्र्थापना केन्द्रलाई ३ लाख रुपैयाँ बराबरको जिन्सी सामान सहयोग गरिएको छ ।

गत सलनाल एवं २८५६ औं सोनाम ल्होसारको अवसरमा तामाङ समाज ख्यङ्साङ बुसानद्वारा आयोजित वृहत सांस्कृतिक कार्यक्रम नाङ्साल सांगीतिक सौगातको प्रमुख उद्देश्य अनुरुप सहयोग गरेका हुन् ।

विश्वमा माहामारीको रुपमा फैलिरहेको कोभिड–१९ का कारण सहयोग हस्तान्तरण कार्यक्रम केही ढिला भएपनिे शनिबार एक कार्यक्रमकोबीच सहयोग हस्तान्तरण गरिएको हो ।


निजगढ नगरपालिका वडा नंं. ८ का वडाध्यक्षको प्रमुख आतिथ्यतामा तीन लाख बराबरको सामानहरु प्रदान गरेका हुन् । डवल बेड १५ वटा, डस्ना १५ वटा, सिरानी १५ वटा, तन्ना १५ वटा, चकटी १५ वटा अनि खाद्यान्न सामग्री स्वरूप २५ बोरा चामल सहित एकमुष्ठ रुपमा केन्द्रलाई हस्तान्तरण गरिएको तामाङ समाज ख्यङ्साङ बुसानका अध्यक्ष सुजित घिसिङले जानकारी दिए ।

कार्यक्रममा संस्थाको प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्थानीय पत्रकार लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा संस्था संचालक सुशीलराज घिसिङले प्रवासमा रहेर पनि मनोरञ्जनात्मक कार्यक्रम आयोजनाको साथमा समाजसेवामा पनि उल्लेख्य भुमिका निर्वाह गरेको भन्दै ख्यङ्साङ बुसान परिवार प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैमा कृतज्ञता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

Google Ads

पत्रपत्रिका