लिसंखुपाखर गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को निति तथा कार्यक्रमको सार्वजनिक सुनुवाई गरेको छ । शुक्रबार गाउँपालिका कार्यालयमा भएको सुनुवाईमा सम्पन्न कार्ययोजना खर्च, आम्दानीको विवरण प्रस्तुत गरेका थिए ।
गाउँपालिकामा विनियोजित रकमबाट चालुमा १ करोड ७७ लाख १८ हजार ५४९, पूँजीगत ६ करोड २८ लाख ७२ हजार ८४०, सशर्त ६ करोड ३८ लाख ४८ हजार ९६० र सामाजिक सुरक्षा २ करोड ६५ लाख १० हजार ४०० खर्च भएको अध्यक्ष कमलप्रसाद नेपालले जानकारी दिए ।
यस वर्ष गाउँपालिका र वडाबाट ३ सय ४५ योजना स्वीकृत गरिएको प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जनाए । उनले भने, १६९ योजना सम्पन्न भएको छ भने १४२ संचालन रहेको छ ।
अध्यक्ष नेपालका अनुसार ४९ प्रतिशत योजना सम्पन्न, ४१ प्रतिशत संचालन र १० प्रतिशत सुरु हुन नै बाँकी रहेको छ ।
गाउँपालिकामा ३२ करोड ५० लाख ७८ हजार ६ सय ६६ विनियोजित भएको थियो ।