उपत्यकामा राक्षस जलायो (भिडियो)

सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने घण्टाकर्ण पर्व उपत्यकाका विभिन्न स्थानमा मनाइएको छ ।

गथामुथः यसलाई घण्टाकर्ण पर्व पनि भनिने गरिन्छ । उपत्यकाको भक्तपुर, बसन्तपुर, बौद्ध लगायतका मुख्य चोकहरुमा मंगलबार विशेष रुपमा मनाइएको छ ।

नेवार समुदायले राक्षसको पुत्ला बनाई यसलाई टोलभन्दा केही पर दोबाटोमा लगेर जलाउने परम्परा हरेको छ ।

मानवता विरोधी राक्षसबाट मुक्ति पाएको सम्झनामा आजको दिन बिहानै स्नान गरी घरलाई सफासुग्घर पारेर हरियो नर्कट, निगालो र गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षस बनाई दोबाटो चौबाटोमा उभ्याइन्छ । राती राँको बालेर भूत भगाइन्छ र पुत्लाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पु¥याइन्छ । अश्लिल गाली र गीत गाउँदै मनोरञ्जन गरेर घण्टाकर्ण राक्षसलाई जलाइन्छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया