सांगीतिक मोहमा भिजेका गायक ज्ञान घिसिङ

सविन घिसिङ संवाददाता
काठमाडाैं

‘गोरो गोरो मुहार मैच्याङको, हेर्दैमा पुर्णेको जून जस्तो, याम्बुको जस्तै थिम्पुको जस्तै घरबारे रैछ युएसको । बर पीपलको सितल चौतारी, सार्है राम्री मायालु भेटियो चट्टै मिल्ने रैछ दौँतरी ।’ यी गीतहरु अहिले नेपाली संगीतका दर्शक स्रोताहरुमाझ लोकप्रिय छन् । यिनै सांगीतिक सिर्जना फुलाउने सर्जक, स्रष्टा हुन् गायक एवं संगीतकार ज्ञान घिसिङ ।

संगीतकार भिम बिरागबाट प्रेरित गायक घिसिङ, यथार्थबादी शब्द, लोक पप र आधुनिक गीतहरु सिर्जना गर्न रुचि राख्छन् । आफ्नै शब्द रचना र अभिनयमा गायक एडृन प्रधानको आवाजमा रहेको ‘बिहानी हौ’ बोलको गीतबाट कला यात्रामा प्रवेश गरेका थिए ।

उनका ‘गोरो गोरो मुहार’, ‘हेर जुनलाई’, ‘पिरतिको सितलु हावा’, ‘बरपीपलको सितल चौतारी’, ‘मायाँ त यही होनि’, ‘मुर्चुङ्गा बजाउदै’, ‘बिहानी हौ’ आदि गीतहरुले सांगीतिक बजारमा चर्चा कमाइसकेका छन् ।


२०३६ साल कार्तिक १६ गते बुवा पेमादोर्जे घिसिङ र आमा फुलमाया घिसिङको कोखबाट जेठो सन्तान हुन् उनी । निचुल्ला भुटानमा जन्मेका गायक संगीतकार घिसिङ सानै उमेरदेखि संगीतमा रुचि राख्थे । ५ बर्षको उमेरदेखि नै स्कुलको गुरुसँग संगीतको औपचारिक ज्ञान लिएका उनी ७ बर्षको हुँदा स्कुलको ब्राश ब्यान्डमा ड्रमरको रुपमा आबद्ध भइसकेका थिए । तर ११ बर्षकै कलिलो उमेरमा भुटान सरकारले कठोर र क्रुर कदम चाल्दै अन्य नागरिकहरुसंँगै उनको परिवारलाई पनि देश निकाला गरिदियो । र निर्वासित भइ थप २१ बर्ष नेपालको झापामा शरणार्थी जीवन बिताए। त्यो कष्टपूर्ण जीवनमा पनि उनले संगीत मोहलाई कहिल्यै भुल्न सकेन र हाल उनी आमा,श्रीमती र दुई छोरीसँंगै सपरिवार पेन्सिलभेनिया अमेरिका बस्छन् ।

संघर्ष, सांगीतिक यात्रा र अमेरिकाको ब्यस्त जीवनको जिज्ञासामा घिसिङले भने, २१ बर्षसम्मको नेपाल बसाईबाट पुनः स्वदेश अर्थात भुटान फर्कने सङ्केत नदेखिएपछि बाध्य भएर अमेरिका आएको हुँ। ब्यस्तताको बीचमा पनि नियमित संगीत सिर्जना गरिरहेको छु, उनले भने, ‘भबिस्यमा पनि निरन्तरता दिइरहने छु।’ आजको मेरो जे जति सांगीतिक उपलब्धिहरु छन् तत्कालीन संगीत गुरु एलपि अधिकारी, आफ्नै दाजु दुर्गादाश घिसिङ, एलबि गुरुङ लगायतका सम्पूर्ण साथीहरूमा स्मरण र समर्पण गर्न चाहन्छु ।

निकट भबिष्यमा नेपालको ग्रामीण भेगका बालबालिकाहरुको शिक्षाको लागि सहयोग गर्ने वचन दिदै नेपाली गीतसंगीत र चलचित्र क्षेत्रमा काम गर्ने योजना बनाएको छु, उनी बताउँछन् ।

तपाईको प्रतिक्रिया

Google Ads

पत्रपत्रिका