ग्लोबल मलेसिया गठन, अध्यक्षमा प्रकाश वाईबा

राजमान तामाङ संवाददाता
0 Shares
मलेसिया

धर्म, जातीयता र राजनीतिबाट मुक्त अन्तर्राष्ट्रिय संस्था “हामी नेपाली ग्लोबल” ले विश्वभर छरिएर रहेका नेपालीहरुलाई एकिकृत गरेर नेपालको विकासमा योगदान दिने उदेश्य बोकेको हामी नेपाली ग्लोबलल एसिया प्यासिफिकको मलेसियामा पनि आफ्नो च्याप्टर गठन भएको छ ।

अमेरिकामा केन्द्रीय कार्यालय रहेको उक्त सस्थालाई नेपाली समक्ष विश्वव्यापी बनाउन विभिन्न देशहरुमा राष्ट्रिय कार्यसमितिहरू धमाधम गठन भैरहेका छन् । यसै क्रममा आइतबार  मलेसियामा नेपालीहरुको एक भेलाले  प्रकाश वाईबाको अध्यक्षमा कार्यसमिति गठन गरेको हो ।

च्याप्टरमा बरिष्ठ उपाध्यक्ष निर्मल गोले, प्रथम उपाध्यक्ष सोनाम मोक्तान, द्वितीय उपाध्यक्ष जीवन घ्लान, महासचिव, मिलन दोङ, सचिव उपेन्द्र राई, कोषाध्यक्षः लनम तामाङ र सहकोषाध्यक्ष दिनेश थिङलाई चयन गरिएको छ ।

त्यसैगरी सदस्यहरुमा क्रमश: सिबि थापा, हेमशर्मा ढकाल, दिपक श्रेष्ठ, प्रेम बस्नेत, प्रकाश पोखरेल, विजय साह, सन्च तामाङ, संगीता जिम्बा, कमलकुमार लावती, राजकुमार तामाङ, बहुल शंकर, पञ्चराम तामाङ, गणेश तामाङ, पर्वती नेपाली, मनिषा स्याङ्तान, बिमला राइरहेका छन् ।

समितिको स्वास्थ्य चिकित्सा विभाग प्रमुख जगत दोङ, रिसर्च विभाग प्रमुख पासाङ लामा, सूचना तथा संचर विभाग प्रमुख राज मान तामाङ, प्रशिक्षण र विकास विभाग प्रमुख भवनथ दाहाल, युवा संयोजक विजय दोङ, पीआरओ ( जनसम्पर्क) नवीन तिमील्सिना रहेका छ ।

गतवर्षको नोभेम्बर २४ तारिखमा अमेरिकामा गठन भएको ग्लोबल झण्डै ४० देशमा क्रियाशील रहेको छ । शिक्षा, पर्यटन, खेलकुद, कला, संस्कृतिको प्रबर्द्धनसँगै रोजगार सृजना, प्राकृति प्रकोप लगायतलाई संस्थाले सहयोगको लक्ष्य बोकेको छ ।

हामी नेपाली ग्लोबलका संस्थापक सदस्य विजय दोङ कार्यक्रमको सभापति रहेको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका