रवि लामिछाने र निकीतालाई कोरोना पुष्टि

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

न्युज २४ टिभीबाट प्रसारित सिधा कुरा जनतासँगको कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई कोरोना पोजेटिभ देखिएको छ ।

उनीसँगै उनका श्रीमती निकीता पौडेललाई पनि कोरोना सङ्क्रमित भएको उनले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

उनले ट्वीटमा भनेका छन्,‘मंगलबार रातिबाट हल्का ज्वरो आएपछि पीसिआर गर्दा म र निकीता दुबैमा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ सामान्य छ ।’

केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्छ, उनले भने, ‘घरमा हामी दुई मात्र छौ, धेरै समस्या छैन तर घरमा बृद्धअवस्थाका सदस्यहरु हुनेले लापरबाही नगरौं ।’

तपाईको प्रतिक्रिया