र्यापर भिटेनलाई पक्रन आदेश

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

पछिल्लो सार्वजनिक ‘पारा’ म्युजिक भिडियोको गायक र्यापर भिटेनलाई प्रहरीले समात्ने आदेश जारी गरेको छ । र्यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेका हुन् ।


उक्त गीतमा आपत्तिजनक शब्द प्रयोग भएपछि समात्न साइबर ब्युरो भोटाहिटीलाई चिठी लेखिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए।

महाशाखाका अनुसार ‘त्यहाँ प्रयोग भएका शब्द सभ्य समाजले पचाउने खालका छैनन्, प्रहरीलाई मात्र नभएर नेपाली चेलिबेटी तथा समाजलाई असभ्य हुने खालको देखियो ।’

केही दिनअघि युट्युबको ट्रेन्डिङ १ मा रहेको उक्त गीत अफिसियल युट्युवबाट भने हटाइएको छ । यसअघि भिटेनलाई एक वर्ष अघि प्रहरीले आपत्तिजनक शब्द तथा चित्र बोकेको भिडिओ सार्वजनिक गरेको आरोपमा पक्राउ गरेको थियो।

तपाईको प्रतिक्रिया

Google Ads

पत्रपत्रिका