प्रचण्डले निर्माण गरेको ‘१२ मासे’ युट्युब ट्रेण्डिङमा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

कमेडी चलचित्र ‘१२ मासे’ युट्युबमा सार्वजनिक गरिएको छ । हास्य कलाकारहरुको बाहुल्यता रहेको यो चलचित्र एकहप्ताअघि सार्वजनिक गरिएको हो।

जुवा तासमा हल्लिने युवा तथा बृद्धहरुको कथालाई उठाइएको चलचित्रलाई युट्युबमा हेर्ने दर्शकले मन पराएका छन् ।


नक्कली प्रचण्डको नामले परिचित हाँस्य कलाकार प्रदिप पाठकले लेखन तथा निर्माण गरेको चलचित्र ‘१२ मासे’ युट्युब ट्रेण्डिङ्गको सात नम्बरमा रहेको छ । यो समाचार तयार पार्दा सम्म चलचित्रकोले ५ लाख ८१ हजार बढी भ्युज पाएको छ।

लय संग्रौलाले निर्देशन गरेको चलचित्रमा जय किशन बस्नेत, पुजना प्रधान, मरिचमान श्रेष्ठ, पुरन थापा, प्रदीप पाठक, सोनिका बास्तोला, सबनम दाहाल, राधा श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ।

चलचित्रमा अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको छ । बासु न्यौपानेले छायांकन गरेको चलचित्रलाइ अनन्त घिमिरेले सम्पादन गरेका हुन् ।

तपाईको प्रतिक्रिया