वडास्तरीय भलिबल प्रतियोगिता सम्पन्न

प्रथमलाई खसी

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
शैलुङ, दोलखा

शैलुङ गाउँपालिका वडा नं. १ स्थित नमस्ते ताम्चेत क्लवद्घारा आयोजित वडास्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

असोज १३–१५ सम्म संचालित उक्त प्रतियोगितामा प्रथम सृजनाशील युवा क्लब, द्वितिय फ्रेण्डसिप युवा क्लब र तृतिय म्हेन्दोलाफोले क्लब भएका छन् ।

उनीहरुलाई क्रमशः पहिलोलाई खसी, दोस्रोलाई बोका र तेस्रोलाई दुईवटा कुखुरा भाले पुरस्कार प्रदान गरेका छन् ।

यसैगरी सन्त्वाना ठेङ्ग्रे यूवा क्लब, रामेछापलाई एउटा भाले वितरण गरेका छन् । प्रतियोगितामा जम्मा १० समूह सहभागी भएका थिए ।


सबै बिजेता टिमलाई शिल्ड, मेडल र प्रमाणपत्र वडा नं. १ वडाध्यक्ष विर्खबहादुर तामाङले पुरस्कार प्रदान गरेका छन् । त्यसैगरी कार्यक्रममा वडा सदस्य मोतीलाल घिसिङ, नेकपा जिल्ला सदस्य छोनाम्गेल मोक्तान, नेपाल राष्ट्रिय शिक्षक संगठन शैलुङ गाउँपालिकाका उपाध्यक्ष चन्द्रलाल घिसिङ, नेकपा शैलुङ गाउँपालि-१,का अध्यक्ष गोपी घिसिङ लगायत  उपस्थिति रहेेेका थिए ।

कोरोनाको माहामारीमा सबैको मनोविज्ञान त्रसित अवस्थामा रहेपनि यसलाई खेलको माध्यमबाट मनोरञ्जन होस भनेर आयोजना गरेको आयोजकले बताए ।

प्रतियोगिताको समापन समाराेहमा वडासदस्य मोतीलाल तामाङ, कल्लाबारी माविका प्रधानाध्यापक चन्द्रलाल घिसिङ लगायतका उपस्थित रहेका थिए ।

तपाईको प्रतिक्रिया