बागमतीमा प्रथम नयाँवस्ती कप फुटबल प्रतियोगिता सुरु

राजु तामाङ संवाददाता
सर्लाही

सर्लाहीको बागमतीमा आजबाट प्रथम नयाँवस्ती कप फुटबल प्रतियोगिता सुरु भएको छ। बागमती नगरपालिका ४ मा रहेको नयाँवस्ती युवा क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो।

बागमती नगरपालिकाले सुकुम्बासी बस्तीलाई व्यवस्थित गर्दै नमुना नयाँ बस्ती बनाए पछि खेलकुदको माध्यमबाट नयाँ बस्तीलाई थप चिनाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जानकारी गराए।

बागमती नगरपालिकाका नगरप्रमुख भरत कुमार थापाको प्रमुख आतिथ्यतामा भएको थियो। आजको उद्घाटन खेल जिरायत युवा क्लब डाँडाटोल र समाज सेवा युवा क्लब राजघाट बीच भएको थियो जसमा १–० ले नतिजा निकाल्दै जिरायत युवा क्लबले प्रतियोगितामा पहिलो जित दर्ता गरेका छन।


पहिलो हाफ सम्म बराबरीमा खेलेका दुईटै टिम खेलको दोस्रो हाफपछि निकै आक्रमक रुपमा प्रस्तुत भएका थिए। खेलको अन्तिम समयमा आएर जिरायत युवा क्लबको तर्फबाट जर्सी नम्बर ९ का खेलाडी सागर सिं ठकुरीले उत्कृष्ट गोल गर्दै आफ्नो टिमलाई जित दिलाए।

उनको १ गोल नै खेलको निर्णायक गोल रह्यो खेलको म्यान अफ दि म्याच हुँदै सागरले ट्रफी हात पारे। प्रतियोगितामा भोलिबाट दुई खेल हुने आयोजकले जानकारी गराए।

प्रतियोगितामा हरिवन, बरहथवा र बागमती नगरपालिका भित्रका २२ वटा टिमको सहभागीता रहेको छ। आजबाट सुरु भएको खेल आगामी २७ गते सम्म चल्नेछ। प्रतियोगितामा प्रथम हुने टिमले नगद २० हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने दोस्रो हुने टिमले नगद १० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन।

तपाईको प्रतिक्रिया