दोलखाका स्थानीय तहले कोरोना उपचार खर्च व्यहोर्ने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
दोलखा

दोलखाका स्थानीय सरकारले कोभिड–१९ को परीक्षण र उपचार खर्च व्यहोर्ने भएको छ । आइतबार जिल्ला समन्वय समिति दोलखाको बैठकले सो निर्णय गरेका हुन् ।

जिल्लाभित्र कोरोना पुष्टि भएका र उनीहरुको सम्पर्कमा आएका कन्ट्याक्ट ट्रेसिङ गरेका व्यक्तिहरुको स्वाव परीक्षणमा लाग्ने खर्च सम्बन्धित स्थानीय तहले व्यहोर्ने निर्णय भएको हो ।

‘जिल्लाभित्रै उपाचार गर्नुपरेमा सबै खर्च स्थानीय तहले व्यहोर्नेछ’, जिसस अध्यक्ष डबल पाण्डेले भने,‘जिल्ला बाहिर लैजानु परेमा प्रति व्यक्ति १० हजार यातायात खर्च उपलब्ध गराउनेछ ।’

बैठकले कोभि–१९ को परीक्षण लागि स्वाब संकलन भएका व्यक्तिले रिपोर्ट नआएसम्म र पोजेटिभ आए अनिवार्य आइसोलेसनमा बस्नुपर्ने निर्णय गरेको छ ।


अध्यक्ष पाण्डेले भने, आइसोलेसनमा बसे नबसेको सम्बन्धित स्थानीय तहले निगरानी राख्नेछ । यदि अटेर गरेमा नेपाल प्रहरीले कानून बमोजित कारबाही गरिनेछ ।

कोरोनाको माहामारी बढ्दै गएकाले दोलखा उद्योग संघ, दोलखा चेम्बर अफ कमर्स, नगरपालिका र गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धमा सचेतना कार्यक्रम गर्ने समेत निर्णय भएको जिससले जनाएको छ ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्ने, अटेर गरी मास्क नलगाउने व्यक्ति, उद्यमी र व्यावसायीलाई कानून बमोजिम कारबाही गर्ने निर्णय गरेको अध्यक्ष पाण्डेले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया