स्वर्गकी अप्सरा रारा दह (फोटोफिचर)

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं
तस्विर : गेन्द्र लामा/मनास्लु वल्र्ड कलेजका अध्यक्ष हुन् ।

मुगु जिल्लाको रारा ताल नेपालको सबैभन्दा ठुलो र प्रसिद्व ताल हुन् । यस ताललाई राज महेन्द्रले वि.सं. २०२० सालमा स्वर्गकी अप्सरा भनेर नामकरण गरेका थिए । समुन्द्र सतहबाट २९ सय ९० मिटरको उचाइमा रहेको रारा तालको लम्बाई ३.२ किलोमिटर र गहिरा १ सय ६७ मिटर छ । रारा ताल कुल १०.८ किलोमिटरमा फैलिएको छ ।

राजा महेन्द्र शाहले २०२० सालमा यस क्षेत्रको भ्रमण गरेपछि पहिलेका दिनहरूमा रारा दह भनेर चिनिंदै आएको यस तालको नाम महेन्द्र ताल राखेका थिए । घामको किरण अनुसार राराले आफ्नो कलर फेर्ने गर्दछ ।


रारा ताल जानको लागि हवाई तथा स्थल मार्ग दुबै प्रयोग गर्न सकिन्छ । हवाई मार्गबाट जादाँ भने मुगुको ताल्चा विमानस्थलबाट करिब दुई घन्टा हिडेपछि रारा ताल पुगिन्छ । रारा सार्वजनिक सवारी प्रयोग गरेर पनि जान सकिन्छ । केही वर्ष अगाडीसम्म सुर्खेतबाट हिडेर १० दिनमा रारा पुगिन्थो ।

रारा भ्रमण गर्न उपयुक्त समय सेप्टेम्बरदेखि अक्टोबर र अप्रिलदेखि मे महिनामा उपयुक्त हुन्छ । तर, नेपालीहरु दसैं तथा तिहारको बीचमा बढी घुम्न जाने गरेका छन् ।

ताल्चा-नेपालगन्ज उडान भर्ने जहाजले राराको फन्को लगाइदिन्छ । जसका कारण अवलोकनकर्ताले आकाशबाट पनि तालको मनोरम दृष्य कैद गर्न सक्छन् ।

   

तपाईको प्रतिक्रिया