लाफा र नमोबुद्ध दोस्रो चरणमा प्रवेश

राजु तामाङ संवाददाता
सर्लाही

बागमतीमा जारी प्रथम नयाँवस्ती कप फुटबल प्रतियोगिता अन्तर्गत आजको खेलमा लाफा युवा क्लब मिलन चौक र नमो बुद्ध युवा क्लब ताइवान बिजयी भएका छन्।

बागमती नगरपालिकाका उपप्रमुख लिलाकुमारी मोक्तानको प्रमुख आतिथ्यतामा खेल सुरु गरेका थिए । पहिलो खेलमा लाफा युवा क्लबले पटौना युवा क्लबलाई २–१ गोल अन्तरले जित हासिल गरेका थिए ।

त्यस्तै दोस्रो खेल नमो बुद्ध युवा क्लब ताइवानले सनसाइन स्पोर्ट क्लब हरिवनलाई ट्राई ब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ।

निर्धारित समयमा ३–३ गोलको बराबरीमा खेल टुंगिएपछि खेलको नतिजा ट्राई ब्रेकरबाट निकालिएको हो। दुबै टिमले निकै आक्रमक रुपमा खेलेपनि निर्धारित समयमा आफ्नो पक्षमा जित हासिल गर्न भने सकेनन।


खेलकुदको माध्यमबाट आफ्नो गाउँ ठाउँलाई चिनाउने उद्देश्यले नयाँवस्ती युवा क्लब, बागमती–४ जिरायतद्धारा आयोजित प्रतियोगिता आगामी २७ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा आयोजक दुई टिम गरी जिल्लाका २२ वटा टिमको सहभागीता रहेको छ।

प्रतियोगिताको विजेता टिमले नगद २० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेता टिमले नगद १० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन।

भोलिको पहिलो खेल सगरमाथा युवा क्लब धरहरा विरुद्ध जनप्रिय युवा क्लब टेकानी र दोस्रो खेल जनशक्ति युवा क्लब शंकरपुर विरुद्ध आयोजक बी टिम बीच हुने आयोजकले जानकारी गराए।

तपाईको प्रतिक्रिया

Google Ads

पत्रपत्रिका