शैलुङ कालापानीमा हाई अल्टिच्युड ट्रेनिङ सेन्टर बन्ने

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

दोलखाको शैलुङ गाउँपालिका वडा नं. ८ स्थित कालापानीमा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको निर्माण गर्ने भएको छ । नेपाल तेक्वान्दो संघलाई गाउँपालिकाले मंगलबार पाँच रोपनी जग्गा हस्तान्तरण गरेको छ ।

सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा आयोजित एक कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले गाउँसभाको निर्णयसहित संघलाई जग्गा उपलब्ध गराएको पत्र हस्तान्तरण गरेका थिए ।

संघका महासचिव दीपराज गुरुङले वैदेशिक सहयोगमा ट्रेनिङ सेन्टरको निर्माण पूरा गरिने उल्लेख गरे । संघले आगामी तीन वर्षभित्र सो सेन्टरको निर्माण पूरा गरिने जनाएको छ ।

तपाईको प्रतिक्रिया

Ads by google

Counter

पत्रपत्रिका