सगरमाथा र आयोजक ‘बी’ दोस्रो चरणमा प्रवेश

राजु तामाङ संवाददाता
सर्लाही

सर्लाहीको बागमती नगरपालिका–४ जिरायतमा जारी प्रथम नयाँवस्ती कप नकआउट फुटबल खेलको आजको खेलमा सगरमाथा युवा क्लब धरहरा र नयाँवस्ती युवा क्लब टिम ‘बी’ दोस्रो चरणमा प्रवेश गरेको छ ।

पहिलो खेलमा जनप्रिय युवा क्लब टेकानीलाई हराउँदै सगरमाथा युवा क्लब धरहरा दोस्रो चरणमा प्रवेश गरेको हो।

यस्तै दोस्रो खेलमा जनशक्ति युवा क्लब शंकरपुरलाई पराजित गर्दै आयोजक नयाँवस्ती युवा क्लब टिम ‘बी’पनि दोस्रो चरणमा प्रवेश गरेको हो।


सगरमाथाले जनप्रियलाई २–१ गोल अन्तरले पराजित गरेका हन् । त्यसैगरी आयोजक टिम ‘बी’ ले जनशक्तिलाई २–१ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

पहिलो खेलको म्यान अफ दि म्याच सगरमाथा युवा क्लबका खेलाडी दिनेश घिसिङ घोषित भए भने दोस्रो खेलको म्यान अफ दि म्याच आयोजक टिमका खेलाडी राजेश डिम्डुङ भए ।

नयाँवस्ती युवा क्लबले विजया दशमी र शुभ दिपावलीको अवसरमा खेलकुदको माध्यमबाट आफ्नो गाउँ, ठाउँलाई थप चिनाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता आगामी २७ गतेसम्म सञ्चालन हुनेछ।

तपाईको प्रतिक्रिया

Google Ads

पत्रपत्रिका