लाङटाङ क्षेत्रका होटल बन्द

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
रसुवा

नेपालको तेस्रो पदमार्गको रूपमा चिनिने पर्यटकीयनगरि लाङटाङ क्षेत्रका होटलहरू बन्द भएका छन् ।

जिल्लाको विभिन्न भागहरूमा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि लाङटाङका रिम्चेदेखि क्याङजेनसम्मको होटलहरू बन्द भएका छन्।


जिल्लाकै गोसाईकुन्ड गाउँपालिकामा पछिल्लो स्वाब परीक्षणबाट सात जना कोरोना सङ्क्रमित थपिएसँगै आईसोलेसनमा उपचारार्थ बस्नेको सङ्ख्या ४५ पुगेको जनस्वास्थ्य अघिकृत किरण श्रेष्ठले जानकारि दिए ।

हाल दशैको समयलाई सदुपयोग गर्न र प्रकृतिसँग रमाउन आम मानिसहरू लाङटाङतर्फ केन्द्रीत भई दैनिक ४० को हाराहारीमा आन्तरिक पर्यटक लाङटाङ पुगिरहेका छन् । हिमाली क्षेत्र भएका कारण चिसोले गर्दा कोरोनाको जोखिम बढ्ने भएकोले होटल व्यवसायीहरूले होटल तथा लज बन्द गरेको वडाध्यक्ष सुप्पा लामाले बताए ।

यस्तै रसुवामा पनि कोरोनाको सङ्क्रमण बढदै गएपछि प्रशासन कार्यालयले शान्ति सुरक्षा, विपद व्यवस्थापन बाहेकका अन्य सेवाहरू अर्को सुचना जारि नभएसम्मका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी हरि पन्तले जानकारी दिए ।

तपाईको प्रतिक्रिया