सिन्धुपाल्चोकमा १२ जना जुवाडे पक्राउ

सैलुङअनलाइन
सैलुङअनलाइन
सिन्धुपाल्चोक

सिन्धुपाल्चोक प्रहरीले १२ जना जुवाडेलाई पक्राउ गरेकको छ । जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीहरुलाई ४१ हजार सात सय रुपैयाँ नगदसहित पक्राउ गरेको हो ।

बाह्रबिसे नगरपालिका ९ राम्चेमा तिलक दास श्रेष्ठको घरमा तास खेलिरहेको उनीहरुलाई पक्राउ गरेका बाह्रबिसेका प्रहरी निरीक्षक देवन्द्र शाहाले बताए ।

पक्राउ पर्नेमा अमृत तामाङ, कृष्ण बहादुर सापकोटा, खिका प्रसाद सापकोटा, जयरा श्रेष्ठ, तिलक दास श्रेष्ठ, मुनाल श्रेष्ठ, कान्छा तामाङ, फुर्वा तामाङ, देवेन्द्र भुजेल, राम कुमार श्रेष्ठ, नेत्र बहादुर थापा र पर्साका सलाउदिन अन्सरी रहेका छन् ।

तपाईको प्रतिक्रिया

Google Ads

पत्रपत्रिका