कोभिड खोप खरिद प्रक्रियाका लागि पहल

सैलुङअनलाइन
सैलुङअनलाइन
105 Shares
काठमाडाैं

नेपाल सरकारले कोरोना भाइरसको खोप खरिद प्रक्रियाका लागि पहल थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लगायत सरकारका सरोकारवाला निकायको संयुक्त पहलमा कोभिड खोप खरिद प्रक्रिया थालेको हो ।

परीक्षणमा सफल भएर विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को मान्यता पाएका जुनसुकै खोप छिट्टै नेपाल भित्रयाउन सरकार सक्रिय रहेको छ ।नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले कोभिड भ्याक्सिनको नेपालमा क्लिनिकल परीक्षण र खरिदका दुवै प्रक्रियामा नेपाल सरकार अघि बढेको बताए ।

अहिले विश्वका विभिन्न मुलुकले कोभिड–१९ विरुद्धको खोपको परीक्षण अन्तिम चरणमा पु¥याइसकेका छन् । “कुनै पनि मुलुकको परीक्षण झ्याप्प सफल भइहाल्यो भने त खोप किन्नुपर्ने हुन्छ, त्यसैले पनि सरकारले पहल थालेको हो,” ज्ञवालीले भने।

उनले खोप खरिदको प्रक्रियासँगै क्लिनिकल परीक्षण पनि नेपालमा गर्नका लागि सँगसँगै पहल भइरहेको जानकारी दिए । डा ज्ञवालीले खोप परीक्षण र खोप भित्र्याउने कार्यक्रम भने छुट्टाछुट्टै विषय भएको जनाए ।

खोप परीक्षणको विषय भनेको फरक रहेको भन्दै उनले परीक्षण भएकै खोप नेपालमा परिचालन हुन्छ भन्ने नरहेको बताए । यो चिकित्सा विज्ञानको एक प्रकारको नियमित गतिविधि भएकाले नेपालमा खोपको क्लिनिकल परीक्षण हुँदैमा डराउनुपर्ने विषय नरहेको उनले उल्लेख गरे।

तर नेपालमा पनि क्लिनिकल परीक्षण भएको खोप नै विश्वमा सफल भएको खण्डमा त्यो नेपाल भिœयाउन सहज हुने उनको भनाइ छ । तथापि त्यो खोप नेपालमा नभित्रिएको अवस्थामा पनि क्लिनिकल परीक्षण भने जारी रहने विश्वास सम्बन्धित मुलुकका कम्पनी र सरकारलाई दिलाइएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका