आइमाईहरुको म्याराथन

खाेटाङ

युगौंदेखि आइमाईहरुको म्याराथन
चलिरहेको छ
अगेनादेखि जुठेल्नुसम्म
जुठेल्नुदेखि पँधेरोसम्म
गोठदेखि जंगलसम्म
भण्डारदेखि ढिकीजाँतोसम्म
घरदेखि खेतबारीसम्म ।

धावकहरु विश्राम लिदैनन्
दौडिरहन्छन्, दौडिरहन्छन्
कहिले कोदाली बोकेर
कहिले डोको बोकेर
कहिले गाग्री बोकेर
कहिले जुठो भाँडो बोकेर
कहिले डालो भरी अनाज बोकेर
सँधै दौडेर पनि
पुग्दैनन कतै यिनीहरू
भिर्दैनन् कहिले
यिनीहरूको गलाले तक्मा
बज्दैन ताली यिनीहरुको दौडमा
किनभने
यो पितृसत्ताले आयोजना गरेको म्याराथन हो
यसको विसर्जन कहिले होला ?
कसरी होला ?
धावकहरुले कस्तो इनाम पाउलान ?
यदि धावकहरुले दौडिदिएनन् भने
के होला ?
ओ पितृसत्ता कहिले सोचेको छौ ?

तपाईको प्रतिक्रिया

Google Ads

पत्रपत्रिका