तेस्रो पाँचपोखरी ट्रेल म्याराथन २०१९ हुने, पूर्वमन्त्री तामाङ पनि धावक

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

‘साहसिक खेलकूद हाम्रो अभियान, धार्मिक क्षेत्र पाँचपोखरी राष्ट्रको पहिचान’ भन्ने नारासहित तेस्रो पाँचपोखरी ट्रेल म्याराथन २०१९ हुने भएको छ । बुधबार नेपाल पर्यटन बोर्ड, काठमाडौंमा पाँचपोखरी थाङ्पाल गाउँपालिकास्थित खेलकुद विकास समिति सिन्धुपाल्चोकद्वारा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।

‘पर्यटन प्रवद्र्वनका लागि खेलकूद’ भन्ने मूल नाराका साथ स्वस्थ रहन खेलकूद र खेलकूदका माध्यमबाट यस भेगको पर्यटन प्रवद्र्वन गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रम संयोजक टाशी शेर्पाले जानकारी दिए ।

खेलको माध्यमबाट नै पाँचपोखरी, रैथाने र यस पालिकामा सयौंको संख्यामा रहेका पर्यटकीय क्षेत्रहरुको राष्ट्रिय एवं अन्तराष्ट्रियसम्म पहिचान गराउने रहेको कार्यक्रम संयोजक शेर्पाले बताए ।

सम्मेलनमा बोल्दै पूर्वमन्त्री शेरबहादुर तामाङले आफू पनि यो प्रतिस्पर्धीमा धावक बनेको घोषणा गरे  । पर्यटन वर्ष २०२० लाई लक्षित गरी गरिएको प्रतियोगिताले सिंगो गाउँपालिकालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म चिनाउनेछ, उनले भने ।

यसैगरी प्रदेश नं. ३ का सांसद निमा लामाले पर्यटन क्षेत्रको हिसाबले पाँचपोखरी निकै राम्रो रहेको उल्लेख गर्दै यो प्रतियोगिताले पनि यस क्षेत्रलाई चिनाउन सहयोग पुग्ने बताए ।

पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले यो खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्वन गर्नको लागि आयोजना गरेको बताउँदै यसको लागि गाउँपालिका प्रायोजक रहेको जानकारी दिए ।

प्रतियोगितामा खुल्ला महिला र पुरुषहरुको छुट्टाछुट्टै प्रतिस्पर्धा गराउने जानकारी दिए । दोस्रोको दाँजोमा यसपालीकोमा धावक बढाउने लक्ष रहेको आयोजकले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुनाका लागि समिति र म्याराथन फेसबुक पेजमार्फत अनलाइन फारम भर्ने व्यवस्था गरिएको आयोजकले बताए ।

प्रतिस्पर्धाबाट प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौ हुने धावकहरुलाई पुरस्कारको व्यवस्था रहेको छ । उनीहरुलाई क्रमशः ५० हजार, ३० हजार, २० हजार, १० हजार र ५ हजारसहित प्रमाणपत्र र मेडल प्रदान गरिनेछ । सिन्धुपाल्चोकबाट सहभागी भई विजेता हुनेलाई भने थप १५ हजार, १० हजार, ५ हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले बताए ।

जिल्लाको उत्तर पश्चिम भेगको साविक भोताङ गाविसमा पर्ने पाँचपोखरी धार्मिक हिसाबले अत्यन्त महत्वपूर्ण छ । समुन्द्री सतहदेखि ४१०० मि. उचाईमा पर्ने यस स्थानमा पाँच वटा पोखरीहरु छन् । सो पोखरी संसारको उच्च स्थानमा रहेको पोखरीमध्ये नवौं स्थानमा पर्दछ ।

यहाँ जनैपूर्णिमाको अवसरमा विशेष मेला लाग्ने गर्दछ । एकादशीदेखि सुरु हुने मेला पूर्णिमाको दिन समाप्त हुन्छ ।

तपाईको प्रतिक्रिया

Ads by google

Counter

पत्रपत्रिका