साउदीमा कोरोना उपचारपछि ३ लाख ३६ हजारभन्दा धेरै निको

शुक्रबार ४६५ जना कोरोना मुक्त

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
साउदी अरेबिया

साउदी अरेबियामा कोरोना घट्नेक्रम जारी रहदा उपचारपछि निको हुनेको संख्या भने बढेको छ । त्यसै क्रममा शुक्रबार ४६५ जना कोरोना उपचारपछि निको भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले बताए । उनका अनुसार हालसम्म तीन लाख ३६ हजारौं ५३३ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् ।

प्रवक्ता डा.अब्दुलीका अनुसार संक्रमितमध्ये ७ हजार ७८३ जना यहाँका विभिन्न कोभिड अस्पतालहरुमा उपचाररत छन् । ती अस्पतालहरुले जनाए अनुसार ७३६ जना कोभिड बिरामीहरुको भने अवस्था जटिल रहेको प्रवक्ता डा.अब्दुलीको भनाइ छ ।

साउदी अरेबियामा कोरोना चरम विन्दु पुग्दा दैनिक ५५ सयको हाराहारीमा समेत नयाँ थप्ने गरेको थियो । पछिल्लो केहि हप्तादेखि भने दैनिक ४ सयको हाराहारीमा नयाँ संक्रमित थपिदै आएका छन् ।

त्यसैगरी साउदीमा शुक्रबार नयाँ कोरोना संक्रमित ४३६ जना थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.अब्दुलकले बताए । उनका अनुसार अहिलेसम्म तीन लाख ४९ हजार ८२२ जना कोरोना संक्रमित निको भैसकेको प्रवक्ता डा.अब्दुलीले जानकारी दिए ।

त्यसैगरी साउदीमा पछिल्लो अपडेट अनुसार कोरोनाबाट हुने दैनिक मृत्युदरमा पनि कमि आएको विभिन्न छापा तथा अनलाइन पत्रपत्रिकाहरुले छापेका छन् । त्यसै क्रममा शुक्रबार १७ जना कोरोना बिरामीले ज्यान गुमाएको प्रवक्ता डा.अब्दुलीले पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार अहिलेसम्म ५ हजार ५०६ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन् ।


साउदीमा कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभिड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।

त्यसैगरी साउदीमा विभिन्न स्रोतका अनुसार झन्डै ६ हजारभन्दा धेरै नेपालीहरुसमेत संक्रमित भएका छन् । तीमध्ये झन्डै ९ दर्जन नेपालीहरुको कोरानाबाट मृत्यु भैसकेको जानकारी आएको दूतावासको भनाइ छ । दूतावासका अनुसार अन्य संक्रमितहरु सबैजसो निको भैसकेका छन् ।

रोजगारीका लागि साउदी आइपुगेका नेपालीहरु कोरोनाका कारण कति पीडित भए वा मृत्यु त्यसको यकिन तथ्यांकका लागि दूतावास लागि रहेको राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले बताए । ‘ बाहिर हल्ला भएजस्तो साउदीमा त्यति धेरै समस्या नभएको र कोरोना लागेपछि बाँच्न सकिदैन भन्ने गलत सोचका कारण यहाँ कार्यरत नेपालीहरु आत्तिएको हो’, राजदूत राजपुतले भने,’ कोरोनाले पीडित भएकाहरूको पहिचान गरि दूतावासले खाद्यान्न सामाग्री लगायत अन्य सामाग्री उपलब्ध गराउदै आएको र पीडितहरुलाई नेपाल पठाउन दैनिक सम्बन्धित निकायसँग सहकार्य गरिरहेका छौं ।’

तपाईको प्रतिक्रिया

Google Ads

पत्रपत्रिका