यहि साउन १७ र १८ गते शैक्षिक मेला हुँदै, ४२ भन्दा धेरै कलेजले भाग लिने

सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

आउने शुक्रबार र शनिबार (१७-१८ ) दुई दिने शैक्षिक मेला आयोजना गरिने भएको छ । नेपालमा उच्च शिक्षा लिन चाहाने विद्यार्थीलाई लक्षित गरी शैक्षिक मेला आयोजन ागर्न लागिएको आयोजक भिजन मिडिया इन्कर्पोरेशन र एजुकेशन डट कम ले जनाएको छ । “स्वदेशमै शिक्षा सबैको इच्छा” भन्ने मुख्य उद्देश्यका साथ आयोजना गर्न लागिएको मेलामा । मेलाको टाइटल स्पोन्सर आईआईएमएस कलेज रहेको छ ।

मेला विहान १० बजेदेखि साँझ ६ बजेसम्म आउने शुक्रबार र शनिबार दुई दिन चल्ने छ । मेलामा काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्या, मध्यपश्चिमाञ्चल विश्वविद्यालय तथा विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग आवद्ध विभिन्न कलेजहरुले विद्यार्थीहरुलाई निःशुल्क परामर्श दिनेछन् ।

बिबिए, एमबिए, बिआईटी, बिआईएम, बिएचएम, बिटिटिएम, बिबिएम, बिएचटिएम, बिएएसडब्लु, बिबिएस, बिएस्सी, सिएसआईटी लगायत कोर्ष पढ्न चाहाने बिद्यार्थीे यो मेलाबाट लाभान्वित हुने आयोजक वश्वास लिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत जीवन गोलले बताए । मेलामार्फत नेपालमै अन्तराष्ट्रिय स्तरको शिक्षाका लागि विद्यार्थीहरुले निःशुल्क परामर्श लिन सक्नेछन् । मेलामा ४२ भन्दा बढी कलेजहरु सहभागी हुनेछन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका