अमिता अभिनित ‘तिम्रो साथ विना’ सार्वजनिक

सविन घिसिङ संवाददाता
काठमाडाैं

‘तिम्रो साथ विना’ बोलको म्युजिक भिडियो शुक्रवार सार्वजनिक भएको छ ।

गायक राजु लामा (मङ्गोलियन हार्ट) र गायिका निर्मला घिसिङको युगल आवाज रहेको गीतमा शब्द कुमार स्याङ्बो, संगीत निमा लामा दोङको सुन्न सकिन्छ । बुद्ध स्याङ्बोको पृथक र उत्कृष्ट संगीत संयोजनले गीतलाई आनन्दित र मिठासपूर्ण बनाएको छ ।

यस गीतको भिडियोलाई बिक्रम मोक्तान र चक्र महर्जनले संयुक्त रुपमा खिचेका हुन् भने, कलाकारद्वय आशमान तामाङ र अमिता दोङबिचको लभ र रोमान्स सहितको प्रेमील अभिनय अनस्कृन उतार्ने काम निर्देशन तथा सम्पादन अजय स्याङ्तानले गरेका छन् ।


आधुनिक शैलीको यो गीत सुन्दा जति मिठो लाग्छ, भिडियो हेर्दा कलाकारहरुको प्रेम र समर्पणपूर्ण अभिनय रहेका छन् । पर्यटकीय नगरी कालिञ्चोक दोलखा लगायतका विभिन्न प्राकृतिक रमणीय स्थलहरुको दृश्यले अझ रोमन्चकारी बनेको छ ।

अभिनेत्री अमिता मिस तामाङ २०१६ मा सहभागी भइ बिधागत बिजेता हुन् । आफ्नो उच्च शिक्षा अध्ययन तथा एयर होस्टेज बन्ने सपना बोकेर मेलम्ची–९ सिन्धुपाल्चोकबाट काठमाडौं छिरेका उनी अन्ततोगत्वा अभिनेत्री बनिन् । आफ्नो अध्ययनको शिलशिलामा देशबिदेशको भ्रमण पनि गरिसकेका छन् । आफ्नै आमालाई प्रेरणाको स्रोत मान्ने उनी अभिनय कलाको साथमामा ब्यबसाय पनि गर्छिन्।

‘जीवन संघर्ष हो, संघर्ष र परिश्रम’ बाट मात्र हरेक क्षेत्रमा सफलता मिल्छ भन्ने उनको बुझाइ छ। इमान्दारिता र आफ्नै मिहिनेतमा रमाउन चाहने उनी कला क्षेत्रमा होस् या अन्य कुनै क्षेत्रमा चाकडी तन्त्र रुचाउँदिनन्। सुन्दर अनि आकर्षक ब्यक्तित्व उनले छोटो समयमा नै आफ्नो गहकिलो अभिनय मार्फत धेरै दर्शक तथा प्रशंसकहरु कमाइसकेकी छिन् ।

तपाईको प्रतिक्रिया