रोशन स्मृति ट्रस्ट स्थापना

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
84 Shares
स्याङ्जा

रोशन स्मृति ट्रस्टको स्थापना भएको छ । उक्त ट्रस्ट पत्रकार तथा आधीखोला कृषि तथा पशुपालन फार्मका सचिव स्व: रोशन श्रेष्ठको सम्झनामा स्थापित गरेको फार्मका अध्यक्ष राजु सैयदले जानकारी दिए ।

फार्मका अध्यक्ष सैयदका अनुसार ट्रस्ट स्व: पत्रकार श्रेष्ठले समाजप्रति गरेको योगदानलाई अमर राख्नका लागि स्थापित गरेका हुन् । ट्रस्ट आधीखोला कृषि तथा पशुपालन फार्मको संरक्षणमा रहने अध्यक्ष सैयदको भनाइ छ । स्याङ्जाका पत्रकार श्रेष्ठको कोरोना भाइरसबाट गत जुलाई २६ मा साउदीस्थित अस्पतालमा निधन भएको थियो ।

स्व: पत्रकार श्रेष्ठ एनए मिडियाद्वारा संचालित अनलाइन पत्रीका अरबनेपालका प्रबन्ध निर्देशक थियो । साउदीमा कार्यरत स्व: पत्रकार श्रेष्ठको यहाँ विभिन्न कारण पीडित भएका नेपालीहरुको उद्धार ठूलो भूमिका खेलेको थियो ।

फार्मको सातौं बैठकले १० लाख अक्षय रहने गरी ३४ वर्षको उमेर निधन भएको पत्रकार श्रेष्ठको नाममा ट्रस्टको स्थापना गरेको अध्यक्ष सायदले बताए । ट्रस्ट संचालनका लागि फार्मका अध्यक्ष सैयदको संयोजकत्वमा ५ सदस्सीय गठन गरिएका छन् ।

हालसम्म ट्रस्टका लागी फार्मका सेयरधनी तथा स्व: पत्रकार श्रेष्ठको शुभचिन्तकबाट झन्डै पाँच लाख रुपैयाँ दिने प्रतिबद्धता गरेको फार्मका सचिव टिका केसीले जानाकारी दिए । सचिव केसीका अनुसार ट्रस्ट स्व: पत्रकार श्रेष्ठको अनुमतिमा स्थापना गरिएका हुन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका