अमेरिकामा तामाङ भाषा

सैलुङअनलाइन संवाददाता
0 Shares
न्युयोर्क

अमेरिकामा रहेका तामाङहरुले आफ्नो मातृभाषा खोज्न थालेका छन् । न्युयोर्कस्थित क्विन्समा भाषा प्रशिक्षक तयार गर्ने उद्देश्यले पहिलो पटक भाषा प्रशिक्षक प्रशिक्षण गरिएको छ ।

तामाङ समाज अमेरिकाद्वारा आयोजित उक्त कार्यक्रममा नेपालबाट निम्त्याइएका भाषाविद् अमृत योन्जन तामाङले प्रशिक्षण दिइरहेका छन् । आइतबारबाट थालिएको प्रशिक्षण कार्यक्रम एक सातासम्म चल्ने आयोजक संस्थाका उपाध्यक्ष सुमित्रा योन्जनले जानकारी दिइन् । उनले थपिन्, प्रत्येक प्रशिक्षकले आ–आफ्नो बसाइ वरिपरिका नयाँ पुस्तालाई आधारभूत तामाङ भाषा सिकाउनुपर्नेछ ।

भाषा रहे संस्कृति रहन सक्ने भएकोले भूगोलमा जहाँ रहेपनि आफ्नो भाषा खोजेको अनि पुस्तान्तरणको लागि जरुरी रहेको सहभागीहरूले बताएका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका