तामाङ मौलिक गीत फापारे गीत माथि विचार विमर्श

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

पहिलो तामाङ लेखक बुद्धिमान मोक्तानको १२० औं जन्मजयन्तीको अवसरमा तीन दिवसी ‘तामाङ मौलिक गीत फापारे गीत गायन र विचार विमर्श’ कार्यक्रम सुरु भएको छ ।

भर्च्युअल माध्याम जूम मार्फत् सञ्चालित कार्यक्रमको पहिलो दिन बिहीबार भाषाविद् अमृत योन्जन तामाङले फापारे गीतका सन्दर्भमा अहिले चर्चामा रहेका गायकहरुसँग छलफल चलाएका थिए । फापारे गीतकै माध्यमबाट परिचय अनि संवाद भएको उक्त छलफलमा पोङ्दिला च्याङ्बा (सञ्जिव योन्जन) (पोङदी, रामेछाप), सुनीता बल (दोरम्बा, रामेछाप), तेज योन्जन (रातमाटे, सिन्धुली), रञ्जना मोक्तान (काभ्रे), वैरागी मोक्तान (सुजनकुमार मोक्तान) (तिल्पुङ, रामेछाप) र संगीता थिङ (पाखार, सिन्धुपाल्चोक) सहभागी थिए ।

जापानका लागि पूर्व राजदूत डा. गणेश योन्जनको प्रमुख आतिथ्यमा उद्घाटन सत्रमा मानवशास्त्री डा. मुक्तसिंह लामा र अन्तर्राष्ट्रिय तामाङ परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामाले शुभकामना मन्तव्य राखेका थिए ।

तामाङ न्हाङखोर र तामाङ डाजाङ आयोजित कार्यक्रमको दोस्रो दिन आज (कार्तिक २८ गते) विभिन्न क्षेत्रका ३ दर्जन जति फापारे कलाकारद्वारा फापारे गीत प्रस्तुति रहने र तेस्रो दिन (कार्तिक २९ गते) भोली १२ जना समालोकहरूद्वारा फापारे गीतको समीक्षा गरिने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया

Google Ads

पत्रपत्रिका