दूतावासको पहलमा चौंतीस जनालाई एक्जिट भिसा(सूचीसहित)

सैलुङअनलाइन
सैलुङअनलाइन

साउदी अरेबियामा कार्यरत ३४ जना नेपालीले बर्हिगमन (एक्जिट) भिसा पाइएको छ । यहाँ कार्यरत नेपालीहरुले भिसा पाएको जानकारी बिहीबार दूतावासको फेसबूक पेजबाट दिएको हो ।

साउदीका विभिन्न कम्पनीहरुमा कार्यरत रहेका नेपालीको आवासीय अनुमतिपत्र (अकामा) नबनाएका वा नवीकरण नगरिएका कारण यहाँको अध्यागमनले बर्हिगमन भिसा प्रदान गरेको श्रम काउन्सेलर जीवनकुमार राईले जानकारी दिए । उनका अनुसार यस प्रक्रिया शुरु भएयता अहिलेसम्म १२ सय ५१ जनाले एक्जिट भिसा पाइसकेका छन् ।


कम्पनीहरुले अकामा नवीकरण नगरिदिएका वा नबनाईका कारण ठूलो संख्यामा नेपालीहरु स्वदेश फर्कन असहज हुने देखेपछि दूतावासले साउदी सरकारसँग बर्हिगमन भिसाका लागी आवेदन दिएको हो । यस प्रक्रियाबाट भिसा प्राप्त गरे पश्चात् ६० दिनभित्र साउदी छोडी सक्नुपर्ने दूतावास बताउँछन् ।

आफ्ना अकामाको म्याद रहेको वा नरहेको स्पष्ट नभई कागजात पठाउदा भिसाका लागि असहज भएको दूतावासले बताए । आगामी दिनमा यस प्रक्रिया रहेसम्म अकामाको म्याद समाप्त भएको र कम्पनीले बहिर्गमन नलगाइदिएको भएमा वा अकामाको म्याद रहँदै कम्पनीले हुरुब (Runaway) भनी जानकारी गराएको अवस्था भएमा मात्रै पासपोर्ट र अकामाको फोटो खिचेर (WhatsApp) गर्न दुतावासले आग्रह गरे ।

त्यसैगरी विभिन्न कसूरमा मुद्दा रहेका व्यक्तिहरुले मुद्दा सामाधान भइसकेपछि मात्रै आवेदन दिन दूतावासको आग्रह गरेको छ ।

 

तपाईको प्रतिक्रिया

Google Ads

पत्रपत्रिका