साउदीमा कोरोना घट्दै, बिहीबार ३११ जना नयाँ संक्रमित

साउदीमा अहिलेसम्म तीन लाख ५२ हजारभन्दा धेरै संक्रमित

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
साउदी अरेबिया
Saudi

साउदी अरेबियामा कोरोना भाइरस संक्रमित घट्नेक्रम जारी छ । त्यसै क्रममा बिहीबार ३११ जना कोरोना नयाँ संक्रमित भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले बताए । उनका अनुसार हालसम्म तीन लाख ५२ हजारौं १६० जना संक्रमित भैसकेका छन् ।

प्रवक्ता डा.अब्दुलीका अनुसार संक्रमितमध्ये ७ हजार ७४१ जना यहाँका विभिन्न कोभिड अस्पतालहरुमा उपचाररत छन् । ती अस्पतालहरुले जनाए अनुसार ७९८ जना कोभिड बिरामीहरुको भने अवस्था जटिल रहेको प्रवक्ता डा.अब्दुलीको भनाइ छ ।

साउदी अरेबियामा कोरोना चरम विन्दु पुग्दा दैनिक ५५ सयको हाराहारीमा नयाँ थप्ने गरेको थियो । पछिल्लो केहि हप्तादेखि भने दैनिक तीन,चार सयको हाराहारीमा नयाँ संक्रमित थपिदै आएका छन् ।

त्यसैगरी बिहीबार यहाँ कोरोना भाइरसको उपचारपछि ४१२ जना निको भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.अब्दुलकले बताए । उनका अनुसार अहिलेसम्म तीन लाख ३९ हजार ११४ जना कोरोना संक्रमित निको भैसकेका छन् ।

त्यसैगरी साउदीमा पछिल्लो अपडेट अनुसार कोरोनाबाट हुने दैनिक मृत्युदरमा पनि कमि आएको विभिन्न छापा तथा अनलाइन पत्रपत्रिकाहरुले छापेका छन् । त्यसै क्रममा शुक्रबार १५ जना कोरोना बिरामीले ज्यान गुमाएको प्रवक्ता डा.अब्दुलीले पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार अहिलेसम्म ५ हजार ६०५ जना कोरोना संक्रमितहरुले ज्यान गुमाए छन् ।


साउदीमा कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभिड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।

त्यसैगरी साउदीमा विभिन्न स्रोतका अनुसार झन्डै ६ हजारभन्दा धेरै नेपालीहरुसमेत संक्रमित भएका छन् । तीमध्ये झन्डै ८० जनाभन्दा धेरै jfhuiyदर्जन नेपालीहरुको कोरानाबाट मृत्यु भैसकेको जानकारी आएको दूतावासको भनाइ छ । दूतावासका अनुसार अन्य संक्रमितहरु सबैजसो निको भैसकेका छन् ।

रोजगारीका लागि साउदी आइपुगेका नेपालीहरु कोरोनाका कारण कति पीडित भए वा मृत्यु त्यसको यकिन तथ्यांकका लागि दूतावास लागि रहेको राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले बताए । ‘ बाहिर हल्ला भएजस्तो साउदीमा त्यति धेरै समस्या नभएको र कोरोना लागेपछि बाँच्न सकिदैन भन्ने गलत सोचका कारण यहाँ कार्यरत नेपालीहरु आत्तिएको हो’, राजदूत राजपुतले भने,’ कोरोनाले पीडित भएकाहरूको पहिचान गरि दूतावासले खाद्यान्न सामाग्री लगायत अन्य सामाग्री उपलब्ध गराउदै आएको र पीडितहरुलाई नेपाल पठाउन दैनिक सम्बन्धित निकायसँग सहकार्य गरिरहेका छौं ।’

तपाईको प्रतिक्रिया

Google Ads

पत्रपत्रिका