सहिद रामबहादुर घिसिङको १९ औं स्मृति दिवस

सैलुङअनलाइन संवाददाता
शैलुङ, दाेलखा

नेपाल कम्युनिष्ट पार्टीले सहिद एवं आवजविहिनहरुको आवाजलाई गाउँगाउँसम्म सिंहदरबारको महसुस गराउने कार्यक्रमहरु कार्यन्वयन गराउन सक्नु पर्दछ । शहिद रामबहादुर घिसिङको १९ औं स्मृति दिवसलाई सम्बोधन गर्दै नेकपा दोलखा जिल्ला सचिवालय सदस्य एवं शैलुङका इन्चार्ज रिमाल बाबु श्रेष्ठले बताए ।

जनयुद्धका क्रममा साहदत प्राप्त बोत्ले घटनाका १५ जना सहिदसहित सबै सहिदहरुको सपना सकार पार्न पार्टी र सरकार दुबै लाग्नु पर्ने नेकपा बागमती कमिटी स्कुल विभागका सचिव ईश्वर न्यौपानेले बताए ।

त्यसैगरी नेकपा जिल्ला कमिटि सदस्य ज्ञानबहादुर घिसिङले संघर्ष र बलिदानको इतिहास बोकेका काम्युनिष्ट पार्टीले जनयुद्धका क्रममा भएका घाइते, अपाङ्ग र सहिद परिवारको उचित व्यवस्थापनले मात्र सहिद रामबहादुर घिसिङको सम्मान हुने बताए ।

नेकपा दोलखा जिल्ला कमिटि सदस्य एवं शैलुङ गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष धावा वाङ्गेल लामाले जनयुद्धको क्रममा सहिद हुनुभएका रामबहादुर घिसिङको स्मृति एवं सम्मानमा बौद्ध विधिविधान अनुसार छ्योर्तेन निर्माण गरी धर्मगुरुद्वारा प्राणप्रतिष्ठान गरी पूजापाठ समेत भएकोले छ्योर्तेन आस्थाको केन्द्र भएको बताउँदै सबै सहिदहरुको सम्मान स्वरुप सहिद पार्क निर्माण गर्नु पर्ने बताए ।

नेकपा शैलुङ गाउँपालिका कमिटिका अध्यक्ष थिरबहादुर तामाङले हिजोका आन्दोलनका फरक बाटाहरुलाई बिर्सेर अब सबै सहिदहरुलाई साझा रुपमा लिनुपर्ने र सहिदहरुको सम्माननार्थ शैलुङ सहिद प्रतिष्ठनको स्थापना गरी प्रतिष्ठानकै मातहतमा शैलुङ सहिद पार्कको निर्माण गर्यौं भने मात्र सही अर्थमा सहिदको सम्मान हुने कुरामा जोड दिए ।


नेपाल कम्युनिष्ट पार्टी शैलुङ गाउँपालिका कमिटि दोलखाले सहिद रामबहादुर घिसिङको स्मृतिमा कार्तिक २९ गते उहाँकै संझनामा शैलुङ गाउँपालिका वडा नं. ३ भ्वाङपर्ने डाँडामामा निर्मित छ्योर्तेनमा स्मृतिसभाको आयोजना गरेका थिए ।

बौद्ध परम्परा अनुसार पूजापाठ सहित आयोजित स्मृतिसभामा किरण बस्नेत, गोपीलाल तामाङ, शिवकुमार श्रेष्ठलगायत स्थानीय नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

तत्कालिन एमालेका तर्फबाट साबिक काटाकुटी गाउँ विकास समितको उपाध्यक्ष (२०४९-२०५४) समेत रहेका स्वर्गीय रामबहादुर घिसिङ जनयुद्धको क्रममा साहदत प्रप्त गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

Google Ads

पत्रपत्रिका