कर्मचारी संगठन रसुवाको अध्यक्षमा पौडेल

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
रसुवा

नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) रसुवाकाे अध्यक्षमा विष्णुप्रसाद पाैडेल (हरेराम) चयन भएका छन् । कार्तिक २० गते भएकाे एक भेलाले अध्यक्ष पाैडेल सहित उपाध्यक्षमा मुकुन्द अगस्ती, सचिव उत्सव पाैडेल, काेषाध्यक्षमा विकास आचार्य चयन भएका छन् ।

त्यसैगरी संगठनको सदस्यहरूमा क्रमश भुवन राज ढुंगाना, श्याम कुमार थापा, जस बहादुर थापा, विशाल कुशवाह, कृष्ण विक रहेका छन् । नवराज न्याैपाने संयोजक रहेको सल्लाहकार समितिमा कृष्णहरि पुडासैनी, लिला नेपाल, जयबहादुर सार्की, मेघराज भट्टराई सदस्य चयन गरिएका छन् ।

तपाईको प्रतिक्रिया

Google Ads

पत्रपत्रिका