इजरायल घेदुङको अध्यक्षमा सीता, टिकटक बिजेता सार्वजनिक

छैठौं वार्षिकोत्सब सम्पन्न

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
इजरायल

नेपाल तामाङ घेदुङ इजरायलको छैठौं वार्षिकोत्सब तथा अधिबेशन सम्पन्न भएको छ । जूम भर्चुअलबाट गरिएको अधिवेशनबाट सीता कुमारी तामाङ(घिसिङ)को अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्ष पेमा लामा पाख्रीन तामाङ, उपाध्यक्ष एलिजा दोङ तामाङ, शंकर गोले तामाङ, रोजी मोक्तान तामाङ, गीता घिसिङ तामाङ, महासचिव निङमा घिसिङ तामाङ, सचिव कुमारी गाल्देन तामाङ, सहसचिव सुनिल रुम्बा तामाङ, कोषाध्यक्ष आङनिमा तितुङ तामाङ, सहकोषध्याक्ष अनिता स्याङ्तान तामाङ चयन भएकी छिन् ।

त्यसैगरी सदस्यहरुमा क्रमशः कल्पना स्याङ्तान तामाङ, सुनिमाया तामाङ, दिवस घिसिङ तामाङ, सुमिन पाख्रीन तामाङ, लोप्साङ लामा तामाङ, मदन नेगी तामाङ, पार्वती योन्जन तामाङ, मिना माम्बा तामाङ, एजिना घिसिङ तामाङ, कमला कार्की घिसिङ तामाङ, डोल्मा तामाङ, पन्ना गुरुङ तामाङ, प्रमिला तामाङ, लिलावती वाईबा तामाङ रहेकी छिन् ।

इजरायल घेदुङका भाषा साहित्य बिभाग प्रमुखमा नानिमाया योन्जन तामाङ, उपप्रमुख चित्र कुमारी योन्जन तामाङ, संचार बिभाग प्रमुख रोहित तामाङ, युवा संगठन बिभाग प्रमुख तेजबहादुर तामाङ, महिला बिभाग प्रमुख पासाङ ल्हमु तामाङ, महिला बिभाग उपप्रमुख फुर्वा लोप्चन तामाङलाई चयन गरेका छन् ।

इजरायल घेदुङकी प्रमुख संरक्षकमा माया तामाङ (दिपमा) संरक्षक अनिता तामाङ रहेकी छिन् । त्यस्तै घेदुङकी प्रमुख सल्लाहकारमा अनिला मोक्तान तामाङ, सल्लाहकारहरुमा क्रमशः छिरिङ डोल्मा रुम्बा तामाङ, लाक्पा स्याङ्वा तामाङ, माला योन्जन तामाङ, सुनिता मोक्तान तामाङ, सारा लामा तामाङलाई चयन गरेकी हुन् ।

त्यसैगरी भर्चुअल कार्यक्रमका प्रमुख अतिथि संघीय घेदुङका अध्यक्ष मोहन गोले तामाङले शुभकामना मन्तव्यका क्रममा इजरायल घेदुङको खुलेर प्रसंशा गरे । यस्तै कार्यक्रमका बिशिस्ट अतिथिहरुमा अन्तराष्ट्रिय तामाङ परिषदको अध्यक्ष काजीमान तामाङ, जनजाती महासंघ इजरायलकी अध्यक्ष पेम्बा डोल्मो ह्योल्मो, एनआरएनए इजरायलका अध्यक्ष गणेश गिरी, प्रवासी एकता मन्च इजरायलका अध्यक्ष तिर्थ गौतम, नेसो इजरायलका अध्यक्ष सुन्दरसिंह तामाङ, इजरायल महासंघकी प्रमुख संरक्षक कल्पना मोक्तान लगायत विभिन्न संघसंस्थाका प्रमुखहरुले शुभकामना दिएको थियो ।


जूम भर्चुअल कार्यक्रममा संस्थाकी उपाध्याक्ष रोजी मोक्तानले स्वागत मन्तव्य राखेकी थिइन् । त्यस्तै कार्यक्रमको बारेमा संयोजक सीता तामाङले प्रकाश पारिन् ,भने कोषाध्यक्ष गीता तामाङले आर्थिक आयव्यय प्रतिवेदन पेश गरिन् । कार्यक्रम संचालक महासचिव पेमा पाख्रिनले संगठानिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा टिकटक प्रतियोगिताकी संयोजक नानीमाया योन्जनले प्रथम, द्वितीय र तृतीय क्रमशः इशा घिसिङ बिजय बोम्जन, कादाम्बरी दाना श्रेष्ठ भएको सार्वजनिक गरिन् ।

शनिबार भएको भर्चुअल कार्यक्रमकी सभापति अनिला मोक्तान तामाङले उपस्थित सम्पूर्णलाई सम्बोधन गर्दै धन्यवाद तथा आभार प्रकट गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

Google Ads

पत्रपत्रिका