एनआरएन साउदीद्वारा बृहत अन्तरक्रिया, उद्धारका लागि पेड भोलिन्टिएर

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
साउदी अरेबिया

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए)साउदी अरेबियाले बृहत श्रमिक अन्तरक्रिया तथा भेला सम्पन्न गरेको छ ।

एनआरएनए साउदीले उक्त अन्तरक्रिया तथा भेला जूम भर्चुअलबाट गरेको अध्यक्ष तेजबहादुर थापाले जानकारी दिए । अध्यक्ष थापाका अनुसार कोभिड-१९ ले साउदीका नेपाली श्रमिक प्रति पारेको असरको समाधानका लागी सम्पन्न गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि राजदूत प्रा.डा. राजपुतले कोभिड-१९ संक्रमणका दौरान एनआरएनले गरेका योगदानका लागी धन्यवाद वा कृतज्ञता मात्र नपुग्ने बताए । एनआरएनए साउदीसँगको समन्वयमा गरेका कोरोना प्रभावित नेपालीहरुलाई तत्काल राहत सामाग्रीको व्यवस्थापन, उद्धार लगायत अन्य कार्य प्रशंसनीय रहेको राजदूत राजपुत बताउँछन् ।

त्यस्तै कार्यक्रमा एनआरएनका केन्द्रिय सचिव गौरी जोशी, प्रवक्ता डिबि क्षेत्री, मध्यपूर्व संयोजक मनोज गुरुङ, सहसंयोजक राजेन्द्र अर्याल, एनआरएन सदस्य यस्मीन वेगम सैयद लगायतले मन्तव्य राखेका थिए ।

संघ केन्द्रिय उपाध्यक्ष डा. बद्री केसी तथा परियोजना व्यवस्थापक राजेन्द्र रावतले परियोजना सम्बन्धि थप जानकारी र कोभिड-१९ ले प्रभावित नेपालीहरूको सहयोग र उद्धारमा हालसम्म एनआरएनले खेलेको भुमिका बारेमा स्पष्ट पारे ।

कार्यक्रमका सभापति तथा अध्यक्ष तेजबहादुर थापाले कोरोना-१९ का विश्वव्यापी संक्रमण बढेसँगै साउदीमा समस्यामा परेका नेपालीहरूको सहयोग, उद्धार र जीवन रक्षार्थ एनआरए साउदीले चरण-चरणमा बैठक तथा छलफल अभियान संचालन गरेको बताए । उनका अनुसार अभियानका लागि साउदीस्थित नेपाली नियोगहरू, बिभिन्न समाजिक संघसंस्थाहरूसँग नियमित सम्वाद, सहकार्य र समन्वय गरि स्रोत, जनशक्तिले भ्याएसम्म युद्ध स्तरकै रूपमा नेपालीहरूको सहयोग, उद्धारका लागि अधिकतम प्रयास गरेको र जारी रहेका छन् ।

त्यसैगरी संघको माथिल्लो निकाय आइसिसी सँग समन्वय र सम्वाद गरि ‘ट्रिपल आर’अभियान अन्तर्गत ‘ COVID-19 RESPONSE TO NEPALI MIGRANT WORKERS – RELIEF AND REPATRIATION ‘ परियोजनका बारेमा साउदीका अध्यक्ष थापाले जानकारी दिए । अध्यक्ष थापाका अनुसार कोभिड-१९ लगायत बिभिन्न कारणबस समस्यामा परेका नेपालीहरूको उद्धारका लागी पहल गर्न २ जना कानुनी अधिकारी( LEGAL OFFICER), १ जना टिम कोर्डिनेर, ४ जना स्वयंसेवकसहित जम्मा ७ जनाको पेड भोलिन्टिएर साउदीका विभिन्न स्थानहरूमा खटाएका छन् ।

उक्त टिमले साउदीको जुनसुकैस्थानबाट आउने नेपाली पिडितहरूको समस्याहरू संकलन गरी यहाँस्थित नेपाली नियोगहरू, सरकारी निकाय, रोजगारदाता कम्पनीहरुसँग समन्वय गरेर अधिकतम समस्याहरूलाई सम्बोधन गर्ने र उद्धारका लागि बिशेष भूमिका खेल्नेछन् । त्यस्तै टिमले यहाँका विभिन्न संघसंस्था, समाजिक अभियान्ता, बुद्धिजीवी लगायतले अपनत्व ग्रहण गरी पीडित नेपालीहरूको सहयोग र उद्धारका लागि हातेमालो गर्न आग्रह गरे ।


कार्यक्रममा साउदीको जेद्धास्थित महावाणिज्य दूतावासमा हालसालै कार्यवाहक महावाणिज्यदूतको रूपमा जिम्मेबार सम्हाल्न आए पुगेका पोखरेललाई साउदी एनआरएले स्वागत गर्दै सफल कार्यकालका लागि संघका अध्यक्षले शुभकामना दिएका थिए । त्यस्तै महावाणिज्यदूत पोखरेलले एनआरएनसँग सहकार्य र समन्वय गरी आगामि दिनहरूमा अघि बढ्न महावाणिज्य दूतावास संधै तत्पर्ता रहेको प्रतिवद्धता जाहेर गरेका थिए ।

एनआरएनए साउदीका उपाध्यक्ष रोशन कुमार श्रेष्ठले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए । संघका महासचिव लालबहादुर मगरले कार्यक्रमका बारेमा प्रकाश पारेका थिए । त्यस्तै कोषाध्यक्षद्वारा तयार पारिएको कार्यप्रगतिको संक्षिप्त प्रतिवेदन उपाध्यक्ष बिशाल श्रेष्ठले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा एनआरएनएका अन्य पदाधिकारीहरुले आआफ्नो सुझाव र धारणा प्रकट गर्दै हालसम्म कोरोना प्रभावितको उद्धार सम्बन्धी संघले गरेका कार्यहरुको अनुभव सुनाए । त्यस्तै उनीहरूले आगामी दिनहरुमा यसलाई थप प्रभावकारी बनाउंदै श्रमिक समस्या समाधान गर्नको खेल्नुपर्ने भूमिका बारेमा धारणा प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

Google Ads

पत्रपत्रिका