एकपटक पुग्नुपर्ने रसुवाको तातोपानी

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
रसुवा

रसुवा जिल्लाकाे पर्यटकीय स्थानमध्ये आमाछाेदिङमाे गाउँपालिका- ५ मा अवस्थित तातोपानी पनि एक हाे । यस तातोपानीमा स्नान गरे छाला राेग, युरिकेसिड, बाथ, नशा तथा हाडजोर्नी, ग्यासटिककाे लगायत अन्य रोग समेत हट्ने जनविश्वास रही आएको छ । यसै कारण प्रकृतिले भरिपुर्ण तातोपानी एकपटक पुग्नै पर्ने ठाउँ भएको स्थानीयहरुको भनाइ छ ।

विसं २०७२ सालकाे महाभुकम्पले क्षतिग्रस्त पारेका तातोपानीको मुहानसमेत सुकेकाे थियोे । तर २०७७ काे भदौकाे पहिलाे साता तातोपानी सामान्य अवस्थामा फर्किएपछि मानिसहरूकाे ओइरोनै लागेकाे स्थानीयहरुको भनाइ छ ।


चिसाे हावापानी र तामाङ समुदायकाे बाहुल्यता रहेकाे यस स्थानमा विकासकाे गतिसँगै अहिले सडक सन्जाल जाेडिएकाे नेचुरल हट स्प्रिङ हाेटलका सन्चालक तथा आमाछाेदिङमाे गाउँपालिका-४ का वडाध्यक्ष बाबुराम तामाङले बताए । तामाङका अनुसार सडक मार्ग र यहाँका प्राकृतिक सौर्न्दर्यलेनै आन्तरिक पर्यटककाे ओइरो नै लागेका छन ।

यहाँ नुहाउन असाेज, कार्तिक, मंसिर, फागुन, चैतमहिना राम्रो मानिन्छ । स्थानीय सरकारले तातोपानी क्षेत्र समरक्षणका लागि आवश्यक पहल भएकाे र त्यसकाे व्यवस्थापनका लागि सार्वजनिक शाैचालय नुहाए पश्चात् कपडा फेर्ने ठाउँ लगायत मठ मन्दिर र सानाे पार्क समेत निर्माण गरिने वडाध्यक्ष तामाङले जानकारी दिए ।स्थानीय स्तरवाट एक समिति गठन गरि डिपिआरकाे डिजाईन तयार गरि निर्माण कार्यलाई अगाडि बढाईने समेत वडाध्यक्ष बताउँछन् ।

अहिले सामान्य मनताताे पानी भएतापनि पानीकाे कर्णकाे लेपमा पहेलो गेरूरग देखिएकाले प्राकृतिक उपचारमा औषधिकाे काम गर्नेमा विश्वस्त रहेकाे स्थानीय ओमकार सन्ताेष सापकाेटा, शशी डंगोल र गणेश श्रेष्ठको भनाइ रहेकाे छ ।

तपाईको प्रतिक्रिया

Google Ads

पत्रपत्रिका