खाद्यान्न र सरसफाई सामग्री वितरण

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
निजगढ

राष्ट्र निर्माण मंच नेपालले मकवानपुरको बकैया गाउपालिकामा खाद्यान्न तथा सरसफाई सामग्री वितरण गरेको छ । मंचले मकवानपुरको बकैया गाउपालिका वडा नम्बर २ मा उक्त सामग्रीहरु वितरण गरेको मंचका अध्यक्ष निर्मल उप्रेतीले बताए ।


मंचले वडा नम्बर २ को सरस्वति,भमरा,तिनढुंगे र दमाई चौरका ६० घर परिवारलाई उक्त सामाग्रीहरु वितरण गरेको उप्रेतीले बताए । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण तथा रोकथामकालागि भएको लक डाउनबाट प्रभावित आर्थिक रुपमा बिपन्न भएकाहरुलाई उक्त सामाग्रीहरु वितरण गरिएको हो । कार्यक्रममा चामल, दाल, तेल, साबुन लगायतको सामग्रीहरु वितरण गरेको हो ।

नेवि संघ नेता विष्णु खड्काको सहजीकरण र मंचका अध्यक्ष उप्रेतीको सभापतित्वमा सम्पन्न खाद्यान्न तथा सरसफाई सामग्री वितरण कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष बिरमान लामा, मंचका अध्यक्ष हिरा थापा मगर, निजगढका यातायात व्यवसायी बिकास उप्रेती लगायतको सहभागिता रहेको थियो ।

कोरोना भाइरस विरुद्धको हाम्रो लडाई, गर्नुपर्छ है निरन्तर शरीरको सरसफाई भन्ने नारा सहित मंचले अहिले खाद्यान्न र सरसफाई सम्बन्धि सामग्रीहरु वितरण गरिरहेको छ । मंचले यसअघि निजगढको रतनपुर र बाराको कोल्हवीमा पनि सामग्रीहरु वितरण गरेको थियो ।

तपाईको प्रतिक्रिया

Google Ads

पत्रपत्रिका