दोस्रो बागमती मेयरकप हुने

विजेताले नगद ५१ हजार पाउने

सर्लाही

सर्लाहीको बागमती नगरपालिकामा दोस्रो बागमती मेयर कप फुटबल प्रतियोगिता आगामी १८ गतेबाट सुरु हुने भएको छ । मेयरकपको सम्पूर्ण तयारी सकेको भन्दै आज आयोजकको जिम्मेवारी पाएको अन्नपूर्ण सहारा क्लबले पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो।

यसपटकको प्रतियोगिताको आयोजना वडा नम्बर ३ ले जिम्मेवारी पाएको छ आयोजकको दुई टिम गरी जम्मा १३ वटा टिमको सहभागीता रहनेछ। खेलमा प्रवेश शुल्क तोकिएको छैन तर वडा अध्यक्षले तोकिएको र सिफारिस गरिएको आफ्नो वडा भित्रका खेलाडीले मात्रै पहिचान खुलाई खेलाइने क्लबका अध्यक्ष टंक बोहराले जानकारी गराए।


स्थानीय स्तरको खेलाडीको क्षमता विकास गर्ने, नगरभित्रका खेलाडीको प्रतिभा खोज्ने, सम्भावना बोकेका खेलाडीलाई अगाडी बढाउन पहिचान गरी छनोट गर्दै आगामी राजर्षि जनक कप फुटबल प्रतियोगितामा पनि अवसर दिने उद्देश्यले आयोजना गरिएको बागमती नगरपालिकाका खेलकुद संयोजक समेत रहेका बागमती नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दिपक लामाले जनाए।

दोस्रो मेयर कपको आयोजना गर्न नगरपालिकाको आर्थिक सहयोग रहेको र थप आर्थिक संकलन पनि भैरहेको आयोजकले जनाइएको छ। प्रतियोगिता १८ गतेबाट सुरु भै ३० गते फाइनल खेल हुने आयोजकले जानकारी गराए ।

प्रतियोगिताको विजेता टिमले नगद ५१ हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । उपविजेता टिमले नगद २५ हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक वडाका वडाध्यक्ष तिलक मोक्तानले जानकारी गराए।

तपाईको प्रतिक्रिया

Google Ads

पत्रपत्रिका