‘मयुरी महल’ को समीक्षा

सुषमा आचार्य समीक्षक
काठमाडाैं

मानिस जन्मन्छ, मानिसको अन्त्य न्त्य पनि निश्चित छ । यो सास्वत सत्यलाई न भगवान मानिएका रामले न कृष्णले वा बुद्धत्व प्राप्त गरेका गौतम बुद्धले या अरु कसैले परिवर्तन गर्न सक्छ । यो सार्वलौकिक सत्यता हो जसलाई कसैले अस्विकार गर्न सक्दैन यदी सक्थ्यो त यहाँ रामायण हुन्थ्यो न माहाभारत । जे हुन छ त्यो भएरै छाड्छ । हरेक सन्जोगको पछाडी कारण हुन्छ र ति कारणहरुबाट नै निति नियम र अनुशासन बन्दछ ।

न्वारनदेखि, पास्नी, ब्रतबन्ध, गुन्युचोली बिवाह र छोरीको बिदाईको बखतका भावना र मान्छेको अन्त्येष्टिसम्म गर्नुपर्ने बैदिक बिधिहरुलाई सामान्य मानिसले ख्यालै नगरिएका सुक्ष्म बिषयलाई पनि सहजताका साथ ब्याख्या गरिएको छ ।

मानिसले जन्मेदेखि मृत्युसम्ममा निभाउनुपर्ने हरेक धर्मशास्त्र रितिथिति धार्मिक तथा सामाजिक कृत आदिलाई लेखकले शब्दको माध्यमद्वारा प्रमाणसहित बैज्ञानिक दृष्टिका साथ पढ्दै जाँदा पाठकलाई झन् कौतुहल बनाउने प्रस्तुतीका साथ मयुरी महल पस्कनुभएको छ । जसमा सामाजिक, धार्मिक, व्यापारिक, आर्थिक सम्बन्धलाई जोड्दै अन्तरदेशीय अन्तरजातिय रोमाञ्चक पे्रम विवाहको प्रस्तुतीकरण उत्कृष्ट छ । मदन र मयुरी एउटा नेपाली केटा र भारतीय केटीको पे्रमलाई प्रमुख प्रंसङ्ग बनाएर नेपाल र भारतबीचको ब्यापारीक सम्बन्धलाई जोड्दै सम्पूर्ण एसीयाली मुलुक पाकिस्तान, भुटान, श्रीलंका, माल्दिभ्सको भाषा, स्थिति, भेषभुषा, धार्मिक मान्यता, प्रचलन, इतिहास चालचलन, रहनसहन, पुरातत्व , भुगोल, सामाजिक, राजनैतिक तथा आर्थिक कुराहरुको गहन अध्ययन गरी स्पष्ट रुपमा शब्दको बिमानद्धारा भ्रमण गराइएको छ । अफगानस्तानलाई युरोपबाट एसीयामा प्रवेश गर्ने मुख्य द्धारको रुपमा लिइन्छ । कास्मीर द्धन्दका बिषयलाई समेत मार्मिक ढङ्गबाट शब्दशब्दबाटै सुचना प्रवाह गरी पाठकलाई जानकारी दिइएको छ । सिक्किमको सुव्यवस्थित राजनैतिक परिबेशका कारण त्यहाँका जनताका खुसीहरुलाई पनि समेटी यस पुस्तकलाई हसिलो बनाउन सफल लेखक डा. भरतप्रसाद बडालले महाभारतको सुरुवात कसरी भयो देखि अन्त्यसम्मका संक्षिप्त सारका साथ आम मानिसले जाहेर गर्न नसकेका बिषयलाई समेत हलको रुपमा राखिएको छ ।

श्रीमद्भागवतमा श्रीकृष्णले दिएका उपदेशदेखि, रामायण, कृष्ण गाथामा गोपीनीहरुको कथा, लक्ष्मीप्रसादको मुनामदनको प्रेमप्रसंगलाई समेत नछाडी यस किताबमा समेटिएको छ । चारसय एक्काइस पेजको यस मयुरी महलमा चालिस अध्याय छन् । पढ्दै जाँदा उत्तिकै रोचक र रोमाञ्चक महसुस हुने यस पुस्तकमा लेखकले विश्व ब्रम्हाण्डलाई संक्षेपमा समेट्नुभएको छ जस्तो भान हुन्छ ।


नेपालको झण्डाको आकृतिदेखि, भौगोलिक परिबेश, सर्वोच्च शिखर सगरमाथादेखि गौतम बुद्धकोजन्मभुमी, जैबिक विविधतासम्मका कुराहरुलाई दर्शाइएको छ । बौद्ध, हिन्दु, इसाई, इस्लाम कुनै पनि धर्मलाई भेदभाव नगरी धर्मलाई महत्व दिनुभन्दा पनि धार्मिक हुनुपर्दछ भन्ने भावका साथ सबको बिशेषता र श्रेष्ठतालाई एकसमानले अक्षरमार्फत आराधना गर्नुभएको छ । नेपाली साथै हरेक धर्मसंस्कृतिले मनाउने चाडपर्वहरु होली आदिलाई पनि दिल खोलेर मनाइएको छ । इन्डस सभ्यता मुगल साम्राज्यका समयलाई समेत उत्तिकै स्पष्टताका साथ प्रदर्शन गरिएको छ । लाग्छ, लेखकले छुटाउछुकी भनेर गम्भीरताका साथ एक एक प्रसंगलाई ध्यानपूर्वक यस पुस्तकमा उर्तानुभएको छ ।

साहारा नामको बालिकाको जन्मबाट सुरु भएको यस किताबमा एउटा अनाथ बालिकाको मनोबिज्ञान आमाबिना छोरीले पाउने संस्कार श्रृंगारदेखि पोशाकसम्मका कुराहरु उल्लेख गरिएको छ । न्वारनदेखि, पास्नी, ब्रतबन्ध, गुन्युचोली बिवाह र छोरीको बिदाईको बखतका भावना र मान्छेको अन्त्येष्टिसम्म गर्नुपर्ने बैदिक बिधिहरुलाई सामान्य मानिसले ख्यालै नगरिएका सुक्ष्म बिषयलाई पनि सहजताका साथ ब्याख्या गरिएको छ । गोत्र केलाई भनिन्छ र कसरी यसको बिकाशक्रमलाई जोडदै मानिस र संसारका हरेक बिकाशक्रमलाई उत्तिकै सफा रुपमा समाबेश गरिएको छ । मानिसका आधारभूत कुराहरुलाई समेट्दै बासलाई मुल बिषय बनाई मयुरी महल भनेर एउटा घरलाई प्रतिक मानिएको छ । जुन श्रीमतीको निम्ति बनाइएको हुन्छ जसबाट एउटा दम्पतिको प्रेम स्नेह इज्जत, मोह आदिलाई इंन्कित गरेको हुन्छ । हजुरबुवा हजुरआमाको स्नेहको न्यानोपनको आर्शिबादबाट सुरु भएको बैबाहिक जिबनमा बच्ची आगमनसँग निम्तिएको बिछोडको पीडा त्यसपश्चात समाजले उक्त बच्चीलाई आमा टोकुवा अपशकुनीको संज्ञा दिँदादिँदै एकल पिताको मायाको छायाँमा हुर्किएकी अनाथ बालिका साहाराको मनोबिज्ञानलाई आफैलै भोगे जसरी जिबन्त रुपमा प्रकट गर्नुभएको छ । बिदुर मदनको ईच्छा बिपरितको बिवाह दोस्रो पत्नीप्रतिको व्यवहार मनोभाव आदि कुराहरुलाई लेखकले समेटिरहँदा पाठकलाई धार्मिक, सामाजिक, आर्थिक, ब्यबसायिक, भौगोलिक, रितिथिति आदि दर्शनको सम्पुर्ण बिषयको आत्मसाक्षात्कार भएको महसुस हुन्छ ।

यस मयरी महल लगायत सन् २००९ मा ‘बर्लिन बार’ नामक जमर्नीको कथा, २०११ मा ‘मन्को भाषा’ ( एक नेपाली सामाजिक उपन्यास) ), २०१४ मा (बृद्धाश्रम, जेष्ठनागरिक र आजका युवा) ( बृद्ध उमेर स्वास्थ र मनोभावना सम्बन्धी लेख लेखी उत्कृष्ठ सामाजिक उदाहरण दिएर पढ्न र सिक्न चाहनेको लागी ठुलो योगदान दिनभएको छ । लेखक ग्रामीण विकासका त्रिभुवन विश्वविद्यालय काठमाडौं नेपालको केन्द्रीय विभागमा अध्यापन गराउनुहुन्छ । उहाँले २०१६ मा ‘मध्य नेपालको ग्रामीण विकासमा सामाजिक कल्याण संगठनको आयाम’ शीर्षकमा पीएचडी अनुसन्धान पूरा गरिसक्नुभएको छ । लेखक समाजशास्त्र र ग्रामीण शास्त्रका अभियन्ता भएका कारणले उहाँका कृतिहरुमा हामीले दैनिक भोग्ने गर्ने र समाजमा देखिने कुराहरुलाई सरलताका साथ सामाजिक हल मिल्ने ढङ्गको प्रस्ततिकरण उत्कृष्ट छ । हरेक उमेर समुहले पढ्न मिल्ने यस ‘मयुरी महल’ युवापुस्ताका लागि बिशेष फलदायी साबित हुनेछ भन्नेमा दुई मत छैन ।धन्यवाद !
sushma.acharya2@gmail.com

तपाईको प्रतिक्रिया

Google Ads

पत्रपत्रिका