घैया मकै यूट्यूबमा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौं

‘घैया मकै’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त म्युजिक भिडियोमा गायक रामशरण आले र रामशरण ढकालको संयुक्त प्रस्तुति रहेका छन् ।


सर्जक शम्भु नेपालको शब्द रहेको उक्त गीतमा गायक आले र ढकाललाई गायिका काव्य आचार्यले साथ दिएकी छिन् । शिवपुरी म्युजिक प्राइभेट लिमिटेड नामक यूट्यूब च्यानल मार्फत सार्वजनिक गरेको उक्त गीतलाई रामजी थापा मगरले संगीत भरेका हुन् ।

त्यस्तै विष्णु तामाङले संगीत संयोजन गरेका हुन् । भने प्रकाश तामाङ(राज) आरुशी मगर, दिपेश ढकाल,सुजता भट्टराई, पृथ्वी आले, र शीतल राना लगायतले अभिनय गरेका छन् ।

म्युजिक भिडियोको निर्देशन निरेन श्रेष्ठले गरेका हुन् ।त्यसैगरी डबिङ सिलवालले सम्पादन तथा महेश हुमागाईले छायांकन गरेको छन् । गीतको भिडियोमा गहिरो माया प्रेमको भावलाई प्रस्तुत गर्दै प्रेमी प्रेमिकाले अलग नहुने बाचा गरेको देखाएको छ ।

तपाईको प्रतिक्रिया

Google Ads

पत्रपत्रिका