जनैपूणिमा मेलालाई लक्षित गरी मेला अवधिभर यात्रुहरूलाई खान, बस्नका लागि मूल्य सुची निर्धारण गरिएको छ । अव्यवस्थित मुल्य हुँदा मेला भर्न आएका भक्तजनहरु ठगिने हुँदा गोसाईकुन्ड क्षेत्र विकास समिति रसुवाले सूची निर्धारण गरेको हो । जथाभावी मुल्यले यात्रुहरु मारमा पर्ने हुँदा यात्रुको ध्यानमा मध्येनजर गरी सो निर्णय गरेको समितिले बताए ।
निर्धारण गरेको मुल्यानसार घट्टेखोलामा कालो चिया २०, दूध चिया २५, खाना २ सय २०, छाप्रो र थर्पुमा सुतेको ३ सय २५, होटलमा सुतेको ४ सय ७५ रहेको छ । फेदी, देउराली, ढिम्सामा कालो चिया २५, दूध चिया ३०, खाना ३ सय, छाप्रो र थर्पुमा सुतेको ३ सय २५, होटलमा सुतेको प्रति व्यक्ति ५ सय ५० र तातोपानीको २५ रूपैया तोकिएको हो । लौरिविना तथा वुद्व मन्दिरमा कालो चिया ३५, दूध चिया ५५, खाना ४ सय ९५ छाप्रोमा सुतेको ४ सय ५०, होटलमा प्रति व्यक्ति ६ सय ५० र तातो पानीको ३० रूपैया रहेको छ ।
गोसाईकुण्डमा कालो चिया ५०, दूध चिया ६०, खानको ५ सय, छाप्नो र थर्पुमा सुतेको ४ सय ५०, होटलमा सुतेको ६ सय ५०, तातोपानीको ३५ रूपैया लाग्नेछ ।
हिडेर जान नसक्नेका लागि घोडाको समेत व्यवस्था गरी मुल्य निर्धारण गरिएको समितिले जनाएको छ । घट्टेखोला चन्दनबारी ३ हजार २ सय ५०, घट्टेखोला बुद्व मन्दिर ५ हजार ५ सय, घट्टेखोला गोसाईकुण्ड ६ हजार ५ सय, देउराली बुद्व मन्दिर ५ हजार, देउराली गोसाईकुन्ड ६ हजार शुल्क तोकिएको छ ।