जिल्लाको गोसाईकुन्ड गाउँपालिका– ६ धुन्चेमा विजुलीबाट चल्ने घट्ट संचालनमा आएपछि स्थानीयलाई सहज भएको छ । यस घट्टमा दैनिक मकै, कोदो, गहुँ, चामल पिस्नको लागि सहजता भएको छ ।
परम्परागत घट्टको पनि जर्गेना हुने र घण्टौ लाईनमा बस्नु नपर्ने र स्वाद पनि नहराउने भएकोले पानीघट्ट शैलीमा कामी डियमले आफ्नो निजिस्तरबाट विजुली घट्टको स्थापना गरेको बताए । घट्ट संचालन गरेर कमाउन भन्दा पनि सेवा प्रदान गर्ने भावनाले सुचारु गरेको उनको भनाइ छ ।