पत्रकार केसीलाई कोभिड बीमा हस्तान्तरण

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौं

मिसन मिडिया क्लवले सोमबार एक सामान्य कार्यक्रमकाबीच पत्रकार महासंघ काठमाडौंका कोभिड संक्रमित पत्रकार संजय केसीलाइ कोभिड विमाको एकलाख रुपैया हस्तान्तरण गरेको छ ।

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका महासचिव समेत रहेका क्लबका अध्यक्ष श्रीजन झाले सोमबार प्रदेश समितिको कार्यकक्षमा पत्रकार केसीलाइ बीमा कम्पनी सगरमाथा इन्स्योरेन्सबाट प्राप्त विमा रकम एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।


त्यस अवसरमा महासंघ काठमाडौं शाखाका उपाध्यक्ष सूर्य सुवेदी, ललितपुर शाखाका कोषाध्यक्ष रामहरी कार्की, कान्तिपुर हटलाइनका फोटो पत्रकारद्वयको उपस्थित रहेको थियो ।

यसअघि कोभिड संक्रमित पत्रकार विदुर थापालाइ कोभिड विमाको एकलाख रुपैयाँ हस्तान्तरण गरिसकेको छ । बाँकी एकदर्जन पत्रकारको विमा रकम प्राप्तिको अन्तिम चरणगत प्रक्रिया बाँकी रहेको महासचिव झाले जानकारी दिए ।

क्लबले कोभिड-१९ को संक्रमणको बढ्दो जोखिमका बीच पनि अविराम आफ्नो कर्म क्षेत्रमा क्रियाशील नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति अन्तर्गत काठमाडौं, भक्तपुर र ललितपुरका ११९ पत्रकारको सुरक्षाको लागि ‘पत्रकार कोभिड बीमा’ गरिएको थियो ।

तपाईको प्रतिक्रिया