साउदी अरेबियामा कोरोना भाइरस संक्रमित घट्नेक्रम जारी रहदा सोमबार २३१ जना कोरोना नयाँ संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले जानकारी दिए । उनका अनुसार हालसम्म तीन लाख ५५ हजार ४८९ जना संक्रमित भैसकेका छन् ।
प्रवक्ता डा.अब्दुलीका अनुसार संक्रमितमध्ये ५ हजार ७ जना यहाँका विभिन्न कोभिड अस्पतालहरुमा उपचाररत छन् । ती अस्पतालहरुले जनाए अनुसार ७६५ जना कोभिड बिरामीहरुको भने अवस्था जटिल रहेको प्रवक्ता डा.अब्दुलीको भनाइ छ ।
साउदी अरेबियामा कोरोना चरम विन्दुमा पुग्दा दैनिक ५५ सयको हाराहारीमा भेटिएको थियो, भने केहि हप्तादेखि दुई, तीन सयको हाराहारीमा नयाँ संक्रमित थपिदै आएका छन् ।
त्यसैगरी सोमबार यहाँ कोरोना भाइरसको उपचारपछि ४४५ जना निको भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.अब्दुलकले बताए । उनका अनुसार अहिलेसम्म तीन लाख ४३ हजार ११४ जना कोरोना संक्रमित निको भैसकेका छन् ।
त्यसैगरी साउदीमा पछिल्लो अपडेट अनुसार कोरोनाबाट हुने दैनिक मृत्युदरमा पनि कमि आएको विभिन्न छापा तथा अनलाइन पत्रपत्रिकाहरुले छापेका छन् । त्यसै क्रममा सोमबार १६ जना कोरोना बिरामीले ज्यान गुमाएको प्रवक्ता डा.अब्दुलीले पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार अहिलेसम्म ५ हजार ७९६ जना कोरोना संक्रमितहरुले ज्यान गुमाए छन् ।
साउदीमा कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयक टोल्प फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभिड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।
त्यसैगरी साउदीमा विभिन्न स्रोतका अनुसार झन्डै ६ हजारभन्दा धेरै नेपालीहरुसमेत संक्रमित भएका छन् । तीमध्ये झन्डै ९० जनाभन्दा धेरै नेपालीहरुको कोरानाबाट मृत्यु भैसकेको जानकारी आएको दूतावासको भनाइ छ । दूतावासका अनुसार अन्य संक्रमितहरु सबैजसो निको भैसकेका छन् ।
रोजगारीका लागि साउदी आइपुगेका नेपालीहरु कोरोनाका कारण कति पीडित भए वा मृत्यु त्यसको यकिन तथ्यांकका लागि दूतावास लागि रहेको राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले बताए । ‘ बाहिर हल्ला भएजस्तो साउदीमा त्यति धेरै समस्या नभएको र कोरोना लागेपछि बाँच्न सकिदैन भन्ने गलत सोचका कारण यहाँ कार्यरत नेपालीहरु आत्तिएको हो’, राजदूत राजपुतले भने,’ कोरोनाले पीडित भएकाहरूको पहिचान गरि दूतावासले खाद्यान्न सामाग्री लगायत अन्य सामाग्री उपलब्ध गराउदै आएको र पीडितहरुलाई नेपाल पठाउन दैनिक सम्बन्धित निकायसँग सहकार्य गरिरहेका छौं ।’